१२ बजे १२ समाचार: जाँचबुझ आयोगको एक महिना पूरा, सामाजिक सुरक्षा कोष अनिवार्य गर्ने योजना अलपत्र
सारांश
- सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रका प्रतिष्ठानलाई आबद्ध गर्ने योजना अलपत्र परेको छ।
- छठ पूजाको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, र राष्ट्रपति लगायत विभिन्न व्यक्तिहरू सहभागी भए।
- नेपाली कांग्रेसका कार्यवाहक सभापतिले पार्टीको कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताए।
- प्रहरी महानिरीक्षक (आईजीपी)का लागि चार जना एआईजीहरूबीच प्रतिस्पर्धा रहेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. सामाजिक सुरक्षा कोष अनिवार्य गर्ने योजना अलपत्र
चालु आर्थिक वर्षदेखि निजी क्षेत्रका प्रतिष्ठानलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना अलपत्र परेको छ । जेनजी आन्दोलन र सरकार परिवर्तनपछि सरकारको योजना कार्यान्वयन नभएको हो ।
२. जाँचबुझ आयोगले एक महिनामा के–के गर्यो ?
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हत्या र विध्वंशको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगको एक महिना पूरा भएको छ ।
३. अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पूजा
छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउने गरिन्छ ।
४. कमजोरी स्विकारेर अघि बढ्ने कांग्रेसका कार्यवाहक सभापतिको जिकिर
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमी–कमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा उनले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताए ।
५. गण्डकीको प्रशासनिक पुनर्संचरना अझै भएन कार्यान्वयन
साउन २६ मा प्रशासनिक पुनर्संरचना गरेर देशव्यापी चर्चा बटुलेको गण्डकी सरकारको निर्णय अहिलेसम्म कार्यान्वयनमा भने गइसकेको छैन । सरकारले तत्कालीन समयमा ७ निर्देशनालय र २ वटा केन्द्र खारेज गरेको थियो ।
६. आईजीपीका लागि चार जनाबिच तीव्र प्रतिस्पर्धा
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ कात्तिक अन्तिम साता अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा अवधि पूरा गरेर उनी अवकाशमा जान लागेका हुन् । एआईजीहरू दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी र शिद्धी बिक्रम शाहबिच आईजीपीका लागि तीव्र प्रतिस्पर्धा छ ।
७. २५ उद्योगको लाइन काट्दा बचत भएको बिजुली के गर्छ प्राधिकरणले ?
नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेको छ । यी उद्योगमा विद्युत् लाइन काट्दा करिब २०० मेगावाट विद्युत् बचत भएको छ । बचत भएको विद्युत् कहाँ खपत भइरहेको छ भन्नेबारे चासो बढ्न थालेको छ ।
८. सीडीओ सरुवा: केहीलाई बारम्बार अवसर
गृह मन्त्रालयले हालै विभिन्न जिल्लाका सीडीओको सरुवा गरेको छ । यस क्रममा केहीले पटक–पटक सीडीओकै रूपमा जिम्मेवारी पाएका छन् भने एकले ‘क’ वर्गको जिल्लामै रहेर ‘ह्याट्रिक’ गरेका छन् ।
९. २४ दिनमै ७ जनाको डुबेर मृत्यु
कात्तिक ७ गते कैलालीको जानकी गाउँपालिका–५, गुजरुवामा रहेको रानीजमरा सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । टीकापुरकी १० वर्षीय निशा बजगाईं, उनकी ८ वर्षीय बहिनी मानुषी र उनीहरूसँगै गएकी जानकी गाउँपालिका–५ की १२ वर्षीय डम्बरा उपाध्यायको डुबेर अकालमा ज्यान गयो ।
१०. कात्तिक २० गतेका लागि विप्लवले गरे आह्वान
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका हुन् ।
११. खेलकुद
१२. वर्षा र हिमपात हुन सक्ने, सतर्कता अपनाउन विभागको आग्रह
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण