शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सुदूरपश्चिमको अपराजित यात्रामा ‘ब्रेक’, हेटौँडामा सुरु भयो सडक विस्तार

आइतबार, २१ मङ्सिर २०८२, ०० : ००
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • हेटौँडामा लामो समयदेखि रोकिएको सडक विस्तार कार्य सुरु भएको छ, जसमा स्थानीयको विरोध रहेको छ।
  • जेनजी आन्दोलनमा भएको क्षतिको पुनर्निर्माण दुई वर्षभित्र सक्ने सरकारको लक्ष्य छ र मूल्यांकन प्रतिवेदन आउनेछ।
  • नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू मधेसवादी दलहरूको 'सिन्डिकेट' तोडिएकोमा उत्साहित देखिएका छन्।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. अन्ततः हेटौँडामा सुरु भयो सडक विस्तार

लामो समयदेखि अदालती प्रक्रिया र विभिन्न अवरोधका कारण रोकिएको हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य अन्ततः सुरु भएको छ । 

२.जेनजी आन्दोलन: क्षतिको यकिन विवरण आउनै बाँकी

सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका सरकारी तथा निजी भौतिक संरचनाहरूको पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । क्षतिको मूल्याङ्कन प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने सरकारले तयारी गरिरहेको छ । 

३. एनपीएल

विराटनगर किङ्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।

४. टुट्यो मधेसी दलको ‘सिन्डिकेट’

मधेस प्रदेशमा लामो समयदेखि कायम मधेसवादी दलहरूको ‘सिन्डिकेट’ तोडिएपछि नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू उत्साहित देखिएका छन् ।

५. नेकपाको एकता सन्देशसभा 

शनिबार नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकताको सन्देशसभा सम्पन्न गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुको उपस्थितिमा सन्देशसभा सम्पन्न गरेको हो । 

६. नागरिक उड्डयन प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणको नेतृत्व चयनमा नयाँ अभ्यास थालिएको छ । 
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई प्राधिकरणको महानिर्देशकसमेत कामकाज गर्ने गरी जिम्मेवारी तोकिदिएकी हुन् । 

डंगोल मन्त्रालयका हवाई उड्डयन महाशाखा प्रमुख हुन् । प्राधिकरण ऐन २०५३ अनुसार अर्को व्यवस्था नभएसम्मका लागि डंगोललाई प्राधिकरणको महानिर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

७. उपत्यकाका नदी सफा गर्न प्रशोधन प्लान्ट बनाउने योजना

सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् ।

८. एमाले 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताएका छन्।  शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनको लागि नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताएका हुन्।

९. विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्डको अनुरोध 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।

१०. प्रधानमन्त्रीको राजीनामा माग

मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देऊ’ अभियानका एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन्।
अभियानले जेनजीको बलबाट प्रधानमन्त्री बनेको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेनजीकै मागहरूलाई बेवास्ता गरी चुनावको मात्र रटान लगाएको आरोप लगाएको छ।

११. मन्त्रीले नै स्वीकारे– साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले साना व्यवसायीहरूलाई राज्यको संयन्त्र र कर प्रशासनले ’सुन्तला निचोरेजस्तो’ व्यवहार गरेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । 
खुद्रा व्यापार संघको ४६औँ वार्षिकोत्सव समारोहमा मन्त्री सिन्हाले आफ्नै मन्त्रालय मातहतको संयन्त्रको कार्यशैलीमाथि कडा प्रश्न उठाएका हुन् ।  

१२. शनिबार विशेष 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप