१२ बजे १२ समाचार: आयोगलाई पूर्णता दिनुपर्ने बाध्यतामा सरकार, तीन शीर्ष नेताको ‘स्वेच्छिक’ अवकाश
सारांश
- आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि सरकारलाई एक महिनाभित्र योजना आयोगलाई पूर्णता दिनुपर्ने बाध्यता छ।
- एमालेका तीन शीर्ष नेताहरूले सक्रिय राजनीतिबाट 'स्वेच्छिक' अवकाशको घोषणा गरेका छन्, तर पार्टी सदस्यता कायम राख्नेछन्।
- सरकारले दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चारमन्त्रीको संयोजकत्वमा समिति बनाएको छ, र अख्तियारले पूर्वसचिवसहितविरुद्ध पुनरावेदन दिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. एक महिनाभित्र योजना आयोगलाई पूर्णता दिनुपर्ने बाध्यतामा सरकार
राष्ट्रिय योजना आयोग नेतृत्वविहीन छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रकृया सुरु गर्नुपर्ने समयसीमा नजिकिएसँगै एक महिनाभित्र योजना आयोगलाई पूर्णता दिनुपर्ने बाध्यता सरकारका सामु उपस्थित भएको हो ।
२. एमालेमा तीन शीर्ष नेताको ‘स्वेच्छिक’ अवकाश
नेकपा एमालेमा नेतृत्वको रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।
तर उनीहरुले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन् । यसरी सक्रिय राजनीति नगर्ने घोषणा गर्नेहरूमा उपाध्यक्षद्धय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडाल छन् ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुने गरी ११औँ महाधिवेशनको कार्यतालिका तयार पारिएको छ । आइतबार पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
३. कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार बस्ने जनाइएको छ ।
४. दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो समिति
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।
५. पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार पुनरावेदन निवेदन दर्ता गराएको हो ।
६. चौथो पटक मन्त्रिपरिषद् विस्तारमा पनि परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीसँगै !
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत परराष्ट्र मन्त्रालय आफैँसँग राखेकी छन् ।
७. विधान महाधिवेशनको निर्णय उल्टायो एमालेले
नेकपा एमालेले गत भदौमा सम्पन्न विधान महाधिवेशनको निर्णयलाई जारी राष्ट्रिय महाधिवेशनमा उल्टाएको छ । पदाधिकारी संख्या घटाउने विधान महाधिवेशनको निर्णय उल्टाउँदै साविककै संख्यामा पदाधिकारी राख्ने निर्णय केन्द्रीय समिति बैठकमार्फत गरिएको छ । उक्त निर्णयलाई महाधिवेशनको बन्दसत्रमा प्रस्तावका रूपमा लगेर पास गराउने योजना छ ।
८. मधेसका मुख्यमन्त्रीले एमाले महाधिवेशनपछि विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेको महाधिवेशनपछि मात्र विश्वासको मत लिने भएका छन् । त्यसपछि मात्र उनले मन्त्रिपरिषदलाई पूर्णता दिने योजना बनाएका छन् ।
९. बागमतीमा सभामुख चयन र प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेशमा सभामुख चयन र प्रदेश सभा बैठक आह्वान अनिश्चित बनेको छ । सत्ता साझेदार दलबिच सभामुख चयनका विषयमा हानथाप भइरहेको छ ।
१०. गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै कांग्रेसका पूर्वसांसद विरुद्ध मुद्दा
नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
११. सामाजिक सञ्जालको असुरक्षित प्रयोगले सुदूरपश्चिममा साइबर अपराध बढ्दै
हातहातमा पुगेको इन्टरनेट प्रविधिले ल्याएको सहजतासँगै चुनौती पनि थपिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी, आवश्यक सुरक्षा सतर्कताको कमीजस्ता कारणले साइबर अपराध बढ्न थालेको छ ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण