शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यूएईद्वारा नेपालीलाई भिजिट भिसा दिन रोक, दलहरू फागुन २१ का लागि तयार

सोमबार, ३० भदौ २०८२, २३ : ५१
सोमबार, ३० भदौ २०८२

सारांश

  • युएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोक लगाएको छ, तर कारण अज्ञात छ।
  • प्रधानमन्त्रीले कुलमान घिसिङसहित तीन जनालाई मन्त्री नियुक्त गरेकी छिन्, जसले शपथ लिए।
  • सरकारले जेनजी आन्दोलनको छानबिन गर्न आयोग गठन गर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिने निर्णय गर्यो।

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक्यो

संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ । उक्त देशले भिजिट भिसा दिन एकाएक किन रोक लगायो भन्नेबारे औपचारिक रूपमा जानकारी गराएको छैन । 

तर, रातोपाटीको सम्पर्कमा आएका भिसासम्बन्धी काम गर्ने नेपाली ट्राभल्स एजेन्सीहरूले सोमबार बिहानदेखि सबैजसो भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन् । यूएई सरकारले अनलाइनमार्फत नै भिसा जारी गर्दै आएको छ ।

२. सरकारमा कुलमानसहित तीन जना समेटिए

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार कुलमान घिसिङसहित तीन जनालाई सरकारमा सामेल गरेकी छन् । नवनियुक्त मन्त्रीहरूले सोमबार शपग ग्रहण गरी पदबहाली गरेका छन् ।

३. मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो  ?

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सोमबार बसेको छ । विकसित घटनाक्रम र नयाँ परिस्थितिका बिच मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

४. एमालेभित्र पार्टी पुनर्गठनबारे बहस

नेकपा एमालेभित्र पछिल्लो परिस्थितिका बिच पार्टी पुनर्गठनबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमलाई ध्यानमा राख्दै कतिपयले महासचिवभन्दा माथिका पदाधिकारीलाई संरक्षकका रूपमा राखेर नयाँ नेतृत्वका साथ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

५. प्राथमिकतामा नरहेका तथा टुक्रे आयोजना बजेटबाट हटाउन कार्यदल गठन

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले प्राथमिकतामा नरहेका तथा टुक्रे आयोजनालाई बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा कार्यदल गठन गरेका हुन् ।

६. नवनियुक्त मन्त्री अर्यालले अघि सारे प्राथमिकता 

गृह र कानुन मन्त्रालयको जिम्मेवारीसहित सोमबार मन्त्री पदमा नियुक्त ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगबारे छानबिन गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

७. मन्त्री बनेलगत्तै कुलमानले गरे यस्ता निर्णय 

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले ट्रङ्क र डेडिकेटेड लाइनको वक्यौता उठाउने निर्णय गरेका छन् । पदबहाली लगत्तै सोमबार उनले यस्तो निर्णय गरेका हुन् ।

८. जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता अन्त्यको माग गर्दै उठेको जेनजी आन्दोलनले सिङ्गो देशलाई तरङ्गित बनायो । यो आन्दोलनपछि देशमा नयाँ परिवर्तन देखिएको छ ।

९. रुपन्देही–३ को उपनिर्वाचन कार्यक्रम रद्द

निर्वाचन आयोगले कात्तिक १७ गते मतदान हुने गरी पूर्वघोषित उपनिर्वाचन कार्यक्रम रद्द गरेको छ । रुपन्देही–३ का लागि घोषित उपनिर्वाचन कार्यक्रम रद्द गरिएको आयोगले सोमबार जनाएको हो ।  

१०. अन्ततः दलहरू फागुन २१ का लागि तयार

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्रायस् सबै दल सकारात्मक देखिएका छन् ।  भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो ।

११. आवश्यक परे महामन्त्रीबाट राजीनामा दिने गगनको घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवश्यक परेमा आफू पार्टीको महामन्त्री पदनबाट राजीनामा दिन तयार रहेको जनाएका छन् । 

१२.  मधेस केन्द्रित दलमा पनि नेतृत्व परिवर्तनको बहस

जेनजी पुस्ताको आन्दोलन सफल भएसँगै मधेस केन्द्रित दलहरूमा पनि नेतृत्व परिवर्तनको बहस हुन थालेको छ ।

  • थप समाचारहरु :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप