१२ बजे १२ समाचार: एमालेमा पोखरेल पक्षले नेतृत्व हस्तान्तरणको मुद्दा नछोड्नेदेखि सक्रिय बन्दै रविसम्म
सारांश
- एमाले नेता ईश्वर पोखरेल पक्षले महाधिवेशनमा उठाइएका मुद्दालाई अगाडि बढाउने निर्णय गर्यो।
- कांग्रेसले नवलपरासी-१ बाट विनोद चौधरी र राप्रपाले काठमाडौं-१ बाट रवीन्द्र मिश्रलाई सिफारिस गर्यो।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शहीद परिवारलाई भेटे, प्रचण्डले निर्वाचनको मिति नसार्न चेतावनी दिए।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. ईश्वर पक्षको भेला
नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षका नेताहरूको शनिबार काठमाडौँमा बसेको भेलाले महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।
२. निर्वाचन
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको एकल नाम सिफारिस गरेको हो ।
राप्रपा नेता रवीन्द्र मिश्र आगामी निर्वाचनका लागि काठमाडौँ– १ बाट उम्मेदवार सिफारिस भएका छन् । शनिबार सो पार्टीको क्षेत्रीय कमिटीले मिश्रलाई काठमाडौँ–१ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
३. सक्रिय बन्दै रवि
सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएर चितवनबाट काठमाडौँ ओर्लिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुगेका छन् । विमानस्थलमा समर्थकहरूको भव्य स्वागत पछि उनी सिधै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेका हुन् ।
४. एकता सन्देश सभा
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न चेतावनी दिएका छन् । शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले निर्वाचन सारिए र संविधान मिचिए आफ्नो पार्टी चुप लागेर नबस्ने बताएका हुन् ।
५. सडक कथा
प्रदेश राजधानी वीरेन्द्रनगरदेखि झन्डै ३७ किलोमिटरको दूरीमा रहेको दुर्गम गाउँ तरङ्गा जोड्ने सडक कालोपत्रको काम बल्ल सुरु भएको छ ।
६. विप्लवको रहर
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ ले देशको कार्यकारी प्रमुख भएर सेवा गर्ने आफ्नो चाहना रहेको खुलासा गरेका छन्।
७. फोहोरलाई मोहोर
फोहोरलाई कसरी मोहोरमा बदल्ने? त्यसको सफल उदाहरण बनेको छ, भक्तपुर जिल्लामा सञ्चालित ‘नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ । फोहोरमैला व्यवस्थापनका क्षेत्रमा मुलुककै उदाहरणीय र अग्रणी स्थानमा पर्ने यो कम्पनीले हाल ९० जनालाई रोजगारी प्रदान गरिरहेको छ। र, विभिन्न सङ्घ–संस्थाबाट सम्मानित समेत भइसकेको छ।
८. साफ महिला क्लब च्याम्पियनसिप
साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपालको एपीएफ क्लब पराजित भएको छ ।
९. विचार मन्थन
मधेस एकता समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘परिवर्तनशील समयमा मधेस’ विषयक विचार मन्थन कार्यक्रम ः
१०. नेकपाले तोक्यो उम्मेदवार छनोटका लागि मापदण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
११. शनिबार विशेष
रातोपाटीको शनिबार विशेष सामग्रीहरु:
१२. फोटो फिचर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण