१२ बजे १२ समाचार: क्यासिनोमा प्रहरीको ‘अपरेसन’ देखि मानव अधिकार आयोगमा बालेनको बयानसम्म
सारांश
- विराटनगरका दुई क्यासिनोमा प्रहरीले छापा मार्दा उच्च पदस्थ कर्मचारीसहित २० नेपाली पक्राउ परेका छन्।
- जेनजी आन्दोलनमा प्रहरी दमन भएको भन्दै विरोध भएको छ, र मिराज ढुंगाना समूहले आन्दोलन चर्काउने चेतावनी दिएको छ।
- प्रधानमन्त्रीलाई निर्वाचन सफल बनाउन दलहरूले सुझाव दिएका छन्, नभए प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्पबारे छलफल भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. क्यासिनोमा प्रहरीको ‘अपरेसन’
कानुनको धज्जी उडाउँदै नेपाली नागरिकलाई क्यासिनोभित्र छिराएर जुवा खेलाउने विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले ‘मिडनाइट अपरेसन’ चलाएको छ। आइतबार मध्यरातमा गरिएको विशेष छापाका क्रममा दुई क्यासिनोका उच्च पदस्थ कर्मचारीसहित २० जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
२. जेनजी आन्दोलनमा ‘दमन’
काठमाडौँको माइतीघर मण्डलामा सम्पन्न संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले ‘दमन’ गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाएको छ । जेनजी समूहले मंगलबार आन्दोलन अझ सशक्त पार्ने चेतावनी दिएको छ ।
३. मानव अधिकार आयोगमा बालेनको बयान
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार मानव अधिकार आयोगमा गएर बयान दिएका छन् ।
४. राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र नेकपाबिच तालमेल होला ?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ११ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक शक्तिबिच मोर्चाबन्दी गर्ने विषयमा नेपाली कांग्रेससँग छलफल जारी रहेको बताएका थिए । त्यसयता यी दुई दलबिच राष्ट्रिय सभा निर्वाचनमा तालमेल होला त भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिँदै आएको छ । यद्यपि, दुवै दलका नेताले तालमेलबारे खासै चर्चा नभएको बताएका छन् ।
५. प्रधानमन्त्रीलाई दलहरूले दिए यस्तो सुझाव
प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न राजनीतिक दलका नेताले निर्वाचन सफल बनाउनका लागि ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा सहभागी नेताहरूले निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारकै रहेको भन्दै फागुन २१मा निर्वाचन हुन नसके प्रतिनिधि सभा पुनस्र्थापना गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
६. रवि र कुलमानबिच होला एकता वा सहकार्य ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बिच एकता वा सहकार्य गर्ने विषयमा ‘ब्रेक थ्रु’ (निर्णायक वार्ता) हुने विश्वास दुवै पक्षका नेताहरूले लिएका छन् । सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछाने पुस ४ गते रिहा भएसँगै दुई पार्टीबिच यसबारे समझदारी हुने विश्वास नेताहरूको छ ।
७. रवि र बालेनबिच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भेटवार्ता भएको छ । सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबिच भेटवार्ता जारी रहेको स्रोतको दाबी छ ।
८. राजसंस्था पुनर्स्थापनाको चर्चा किन चल्यो ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्था पुनस्र्थापनाबारे दिएको अभिव्यक्तिले राजनीतिक क्षेत्र तरङ्गित भएको छ । विश्लेषकहरू भने पूर्वराष्ट्रपति भण्डारीले यस्तो अभिव्यक्ति दिनु उचित नभएको बताउँछन् ।
९.ओली र देउवाबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार भेटवार्ता भएको छ । समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताइएको छ ।
१०. प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी मुद्दा छिटो टुङ्ग्याउन कानुन व्यवसायीको सुझाव
कानुन व्यवसायीहरूले प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धी मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसमक्ष आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनको ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ताहरूले उक्त मुद्दाको सुनुवाइलाई प्राथमिकतामा राखेर निक्र्योलमा पुर्याउन सर्वोच्च अदालतलाई सुझाव दिएका हुन् ।
११. कतारमा ठगी
१२. अपराध
प्रेमिकालाई जापान पठाउँदा लागेको ऋण तिर्न अर्का दुईजनासँग लिएको सापटी रकम 'पचाउन' सिन्धुलीका देवराज ढुंगेलले उनीहरूको हत्याको योजना बनाए ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेलले सुनकोशीकै २० वर्षीय सहपाठी जयराम अधिकारीलाई ललितपुर बोलाए । दुई जना मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा सिन्धुलीकै गोलन्जोरका केशवराज हायु र भोजपुर घर भएका पारुहाङ राईको हत्या गरे ।
- थप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण