१२ बजे १२ समाचार: सीमामा अर्बौँको तस्करी, नागरिकमाथि राज्यको गोलीदेखि खाद्यान्न बालीको क्षेत्रफल घट्दैसम्म
सारांश
- नेपालमा खाद्यान्न बाली हुने क्षेत्र घट्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ।
- सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना सिटी सफारी चालकको मृत्यु भएको छ, जसलाई स्थानीयले लेनदेनको विवाद मानेका छन्।
- अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले भेनेजुएलामा सैन्य हमला भएको र राष्ट्रपति मादुरो पक्राउ परेको दाबी गरेका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. बाँझो बन्दै जमिन
नेपालमा खाद्यान्न बाली हुने क्षेत्र घटिरहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र’ सम्बन्धी तथ्यांकले मुलुकको खाद्य सुरक्षाको आधार मानिने खाद्यान्न बालीको क्षेत्रफलमा ठुलो गिरावट आएको देखाएको हो ।
२. नागरिकलाई गोली
२०८२ पुस १७ गतेको मध्यरात । सुनसरीको कोशी गाउँपालिका–१ का सिटी सफारी चालक विजय साह १० बोरा चिनी र केही चकलेट लोड गरेर भारतीय सीमाबाट फर्किँदै थिए, तर त्यो रात उनको अन्तिम रात बन्यो । सशस्त्र प्रहरीको गोली उनको छातीमा लाग्यो । प्रहरी यसलाई ‘दोहोरो फायरिङ’ भने पनि स्थानीयले भने लेनदेनको विवाद मानेका छन् ।
३. नाम फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । सो पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् ।
४. कांग्रेसमा किचलो
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन बोलाउने सम्बन्धमा कानुनविद्हरूसँग सघन परामर्श गरेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरिसकेको अवस्थामा पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन बोलाउनु केन्द्रीय कार्यसमितिका लागि बाध्यकारी रहेको निष्कर्ष कानुनविद्हरूले दिएका छन्। विधानमा ‘विशेष महाधिवेशन बोलाउनुपर्नेछ’ भन्ने शब्दावली प्रयोग भएकाले यो ऐच्छिक नभई अनिवार्य दायित्व भएको उनीहरूको ठम्याइ छ।
५. भेनेजुएलामा अमेरिकी आक्रमण
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको सनसनीपूर्ण दाबी गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ मार्फत सन्देश दिँदै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष कारबाहीका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्।
६. अपराध
फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट पक्राउ गरिएको फिलिपिन्स प्रहरीले जनाएका छन् ।
काठमाडौँ उपत्यका र कैलालीका विभिन्न पाँच स्थानमा शुक्रबार दिउँसो र साँझ गरी करिब ३७ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
७. निर्वाचन
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने उपसचिव तहको लिखित परीक्षाको मिति परिमार्जन गर्न औपचारिक आग्रह गरेको छ ।
८. भेनेजुएलामा आक्रमणपछि प्रतिक्रिया
९. साहित्य
शनिबारका लागि रातोपाटीमा प्रकाशित साहित्यका सामग्री
१०. क्रिकेट क्यालेन्डर–२०२६ सार्वजनिक
११. संसद् पुनर्स्थापना हुँदैन: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देश पूर्ण रूपमा निर्वाचनतर्फ केन्द्रित भइसकेको बताएका छन्।
१२. शनिबार विशेष
रातोपाटीको शनिबार विशेष सामग्रीहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण