शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एमाले र प्रलोपाबिच चुनावमा तालमेल, देउवा पक्षलाई नचिढ्याउने रणनीतिमा गगन थापा

सोमबार, १२ माघ २०८२, ०० : ००
सोमबार, १२ माघ २०८२

सारांश

  • एमाले र प्रलोपाबीच आसन्न निर्वाचनमा तालमेल हुने, जसले गर्दा प्रचण्डलाई रुकुम पूर्वमा दबाब पर्नेछ।
  • गगन थापाले देउवा पक्षलाई चुनावको मुखमा नचिढ्याउने रणनीति बनाउँदै पार्टी एकतालाई जोड दिएका छन्।
  • राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भए भने राजेन्द्र महतोको पार्टी फुट्यो।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. एमाले र प्रलोपाबिच चुनावमा तालमेल

नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच आसन्न प्रतिनिधि सभा निर्वाचनमा केही स्थानमा तालमेल हुने भएको छ । 

२. देउवा पक्षलाई नचिढ्याउने रणनीतिमा गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेतालाई नचिढ्याउने रणनीति बनाएका छन् । चुनावको मुखमा पार्टीभित्रको एकतालाई बलियो बनाउन थापाले देउवा पक्षका नेतालाई नचिढ्याउने नीति लिएका हुन् ।

३. निर्वाचनको मुखमै राजेन्द्र महतोलाई धक्का

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका प्रभावशाली नेताहरूले निर्वाचनको मुखमै सो पार्टी परित्याग गरेका छन् । 

४. प्रदेश सभा सदस्यकै भोट ‘चोरी’

आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य (सांसद) कै भोट चोरी भएको छ । राप्रपाका कोशी प्रदेश सभा सदस्य प्रेमराज थाम्सुहाङको भोट चोरी भएको हो । थाम्सुहाङले आफू मतदानमा सहभागी नभएको बताएका छन् । यद्यपि, निर्वाचन कार्यालयको रेकर्डमा उनको नामबाट मतदान भएको देखिन्छ ।

५. राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार सम्पन्न मतदानमा कांग्रेस–एमाले गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् ।

६. झापा–५ मा बालेनबिना घरदैलो

रास्वपाका तर्फबाट झापा–५ मा भोलिदेखि बालेन शाहको टिमले मतदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा बालेन शाह भने सहभागी नहुने भएका छन् ।

७. रवि, रेशम र रञ्जनको मुद्दामा यस्ता आदेश

सर्वोच्च अदालतले आइतबार रास्वपाका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी र सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालासँग सम्बन्धित छुट्टाछुट्टै मुद्दामा विभिन्न आदेश जारी गरेको छ ।

८. चुनावमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ ?

निर्वाचन प्रचार प्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै चौतर्फी आलोचना बढेपछि निर्वाचन आयोग र गृह मन्त्रालयले निर्वाचन आचार संहिता र प्रचलित कानुन पालना गर्न सबै पक्षलाई छुट्टाछुट्टै आग्रह गरेका छन् ।

९. एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीको पत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ६ लाख ६३ हजार संगठित सदस्यलाई पत्र लेख्दै एमालेका उम्मेदवारलाई आसन्न निर्वाचनमा जिताउने गरी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

१०. चार वर्षमा ३१७ विदेशीको ‘फेक रेस्क्यु’

नेपालको पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा चार वर्षको अवधिमा ३१७ विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

११. बढ्यो सुपारी र केराउ आयात

लामो समयदेखि विवादित र चोरी निकासीको आरोप लाग्दै आएको सुपारीमा कोटा हटाएपछि आयातमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ६३ करोड ५७ लाख ९४ हजार रुपैयाँ बराबरको ३ हजार १६४.२१ मेट्रिक टन सुपारी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
सुपारी आयातको यो परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भए पनि कोटा हटाउनुअघिको तुलनामा भने ठुलो वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को यसै अवधिमा ४५ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको २ हजार ११ मेट्रिक टन सुपारी आयात भएको थियो ।

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप