शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: केरामा बिचौलियाको ब्रह्मलुटदेखि अमृत झा बारे सरकारको दाबी झुटोसम्म

मङ्गलबार, ०८ वैशाख २०८३, ०० : ०४
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • केराको बजारमा बिचौलियाको बिगबिगीले गर्दा किसानले सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था सिर्जना भएको छ।
  • इरानको जेलमा रहेका नेपाली नागरिक अमृत झा अझै मुक्त नभएकोले सरकारको दाबी झुटो सावित भएको छ।
  • विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. केरामा बिचौलियाको ब्रह्मलुट 

कालीमाटीबाट बाहिर निस्कने बित्तिकै खुद्रा फलफूल पसलहरूमा केराको मूल्य उच्च छ । उपभोक्ताले चर्को मूल्य तिरेर किन्न बाध्य भइरहँदा केरा उत्पादक किसानले भने निकै कम दरमा बिक्री गर्न विवश छन्। 

२. तलबमा विभेद

कतै त्रैमासिक त कतै चौमासिकको निमयले उनीहरू लामो समयसम्म तलबविहीन अवस्थाबाट गुज्रिन बाध्य बनिरहेका छन् ।   

३. रास्वपा केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक पूर्वनिर्धारित एजेन्डा पारित गरेर सम्पन्न भएको छ।

४. अमृत झा बारे सरकारको दाबी झुटो

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ । 

उनकी दिदी पूजा झासँग आज कुरा भएपछि यसबारे खुलेको हो । पूजाले रातोपाटीसँग भनिन्, ‘आज मेरो भाइले फोन गरेको थियो, आफू अझै जेलमा रहेको कुरा भन्यो ।’

५. विवादमा गृहमन्त्री 

जान्नेलाई छान्ने’ स्लोगन नै बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेकाहरू एकपछि अर्को विवादमा तानिन थालेका छन्। 

६. प्रभावकारी भएन बिदा 

पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउ सरकारले घोषणा गरेको साताको दुई दिन बिदा दिनैपर्ने निर्णय पूर्ण रूपमा पालना नभएको पाइएको छ । 

७. ठुला आयोजनामा लगानी गर्दै सरकार

धादिङ र गोरखाका स्थानीयले बुढीगण्डकी जलविद्युत् आयोजना बन्छ, ‘देशको मुहार फेर्ने ठुलो ताल बन्छ, देश झलमल्ल हुन्छ’ भन्ने आशयले आफ्नो सर्वस्व सुम्पिए । 

८. अदालत 

विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

९. कांग्रेस  

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नगरेको जनाएको छ । 

१०. डाक्टर बन्ने सपना त्यागेर अभिनयमा आएकी पञ्चमी

नेपाली फिल्म क्षेत्रमा ‘स्टार किड्स’को लामो लहर छ । कसैले विरासत थामेका छन् भने कोही हराएका छन् । यही भीडमा थपिएकी छिन् पञ्चमी घिमिरे । पञ्चमी वरिष्ठ निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी हुन् ।

११. इरान युद्धले पेट्रोडलर प्रणाली कमजोर पार्दै छ

इरान युद्धले पेट्रोडलर प्रणालीको आधारबारे प्रश्न खडा गरेको छ ।  

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप