आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित

आइतबार, ०१ असार २०८२, ०० : ००
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो बजेट ल्याउने तयारी गरेपछि वित्तीय स्वास्थ्यमा प्रश्न उठेको छ।
  • त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले विभिन्न माग राख्दै उपकुलपतिलगायतका कार्यालयमा तालाबन्दी गरेका छन्।
  • इजरायल र इरानबीचको तनावबारे इजरायलका लागि नेपाली राजदूतले गम्भीर अवस्थाबारे जानकारी दिएका छन्।

काठमाडौँ । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१.बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार

कोशी प्रदेश सरकार एक गम्भीर आर्थिक विरोधाभासको डिलमा उभिएको छ । एकातिर प्रदेशको आम्दानी निरन्तर ओरालो लागिरहेको छ, संघीय अनुदान घट्दो छ र पुरानो दायित्वको भारीले थिचिएको छ । अर्कोतिर, सरकारले यसलाई भुलेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विशाल महत्त्वाकांक्षासहित अस्वाभाविक बजेट प्रस्तुत गर्न लागेको छ ।  

सीमित स्रोत र बढ्दो संकटबिच करिब ३७ अर्ब रुपैयाँको बजेट ल्याउने तयारीले प्रदेशको वित्तीय स्वास्थ्य र शासकीय इमानदारीमाथि गम्भीर प्रश्नहरू खडा गरेका छन् ।

२. प्राध्यापकहरू आन्दोलित

भुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिष्ट्रार कार्यालय र सेवा आयोगमा ताला लगाएका छन् । सेवा आयोगले फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्तिका लागि विज्ञापन आह्वान गरेपछि आंशिक प्राध्यापकहरूले ताला लगाएका हुन् । 

आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिले ६ बुँदे माग अघि सारेर ताला लगाइएको अध्यक्ष गोकुल लिम्बुले जानकारी दिए । त्रिविले अनुसन्धानात्मक विशिष्टको आधारमा १३० जना प्रोफेसर नियुक्तिका लागि गरिएको विज्ञापन खारेज गर्नुपर्ने माग गरेका छन् ।

३. रिसाएका प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा झर्को माने । सधैँ नम्र र सरल तरिकाले पत्रकारको प्रश्नको सामना गर्ने र जवाफ दिने गरेका प्रचण्ड सुरुकै प्रश्नबाट चिढिएका थिए ।

४. इरान इजरायल तनाव

इजरायलका नेपाली राजदूत डा. धनप्रसाद पण्डितले इजरायल र इरानबिचको युद्धले अवस्था गम्भीर बनेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै राजदूत पण्डितले लगातारको मिसाइल आक्रमणका कारण त्रासको वातावरण बनिरहेको बताएका हुन् । 

५. बैंकले घटाए निक्षेपको ब्याजदर

असार महिनाका लागि वाणिज्य बैंकहरुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा असार महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । 

६. शिक्षा समिति बैठक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा ३३ बुँदे धारणा राखेको छ । शनिवार बसेको शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षा मन्त्रालयले तयार पारेको ३३ बुँदे धारणा राखेका हुन् । 

७. न्यायाधीश नियुक्ति

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । 

८. अनेरास्ववियुमा नवनिर्वाचित सचिवहरूको कार्य विभाजन

अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक बसेको छ । शनिबार एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले भर्खरै सम्पन्न महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक दृष्टिले विशेष महत्व बोकेको कोसेढुंगाका रुपमा रहेको निष्कर्ष निकालेको छ ।

९.प्रथम नेपाली महिला

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २५ औँ एपिसोड कोइलीदेवी माथेमाका सम्बन्धमा छ । कोइलीदेवी नेपाली गीत, सङ्गीतको क्षेत्रमा बहुचर्चित नाम हो । प्रथम नेपाली महिला सङ्गीतकार हुने श्रेय उनले प्राप्त गरेकी छिन् । 

१०. प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको शुक्रबारदेखि काठमाडौँमा सुरु भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।

 

११. शनिबार विशेष

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप