१२ बजे १२ समाचार: सूर्यविनायक–धुलिखेल सडकमा यात्रुलाई अझै धुलो र हिलोको सास्ती, राष्ट्रपति पौडेल स्वदेश फिर्ता
सारांश
- राष्ट्रपति पौडेल कतारको शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किए।
- सूर्यविनायक-धुलिखेल सडक विस्तारमा सुस्त प्रगति, २०८३ सम्म म्याद थपको तयारी छ।
- प्रधानमन्त्रीले निर्वाचन निष्पक्ष बनाउन प्रयास गर्ने बताइन्, र प्रचण्डले पार्टी एकताको कुरा गरे।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता भएका छ ।
२. सूर्यविनायक–धुलिखेल सडक
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– धुलिखेल सडक विस्तार कार्यमा सुस्त प्रगति देखिएको छ । साइट क्लियरको काम समयमै नसकिँदा समग्र आयोजनाको निर्माण कार्य आधा पनि पुग्न सकेको छैन । आयोजनाले अब आउँदो २०८३ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपको तयारी गरेको छ ।
३. निर्वाचन गराउन सरकार प्रयासरत
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।
४. प्रचण्डको तीन घुम्ती
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० दलको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूको एकताबाट विदेशी प्रतिक्रियावादीलाई निन्द्रा नलागेको समेत भन्न भ्याए ।
‘यो पार्टी अब एक नम्बर पार्टी भयो–भयो । एक नम्बर बन्नबाट कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला । नलागे नलागोस्’, उनले भने ।
५. फोटोग्राफर बन्ने सपना त्यागेर चालक बनेकी रविना
सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीका अप्ठ्यारा, कच्ची र घुम्तीले भरिएका सडकहरूमा बोलेरो जीप धुलो उडाउँदै गुड्छ । त्यही जीपको स्टेयरिङमा बसेकी एक हँसिली र फूर्तिली युवतीको अनुहारले धेरैलाई चकित बनाउँछ । उनी हुन् २१ वर्षीय रविना चन्द ।
६. ३८ करदाता कार्यालय खारेज गर्दै सरकार
अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले हालै करदाता सेवा कार्यालयहरू खारेज भएको विषयमा स्पष्टीकरण दिएको छ । विभिन्न जिल्लामा रहेका ती कार्यालय खारेज गर्ने निर्णय गरेसँगै भएको टिका टिप्पणीबारे विभागले प्रस्टोक्ति दिएको हो ।
७. फागुन २१ मा निर्वाचन: अझै हटेन आशंका
जेनजी विद्रोहको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको काँधमा आगामी फागुन २१ गते निर्वाचनपछि बनेको नयाँ सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।
भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको तत्कालीन गठबन्धन सरकार ढलेपश्चात् अप्रत्याशित रूपमा आइलागेको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न भने कार्कीलाई त्यति सजिलो छैन ।
८. प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अहिले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक नभएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताको सत्ता नआएसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचन हुन नसक्ने बताएका हुन् ।
९. जेनजी अगुवालाई बाबुरामको सुझाव
नेसपा (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेनजी अगुवाहरूलाई जेनजी आन्दोलनलाई वैधता दिन सरकारलाई तत्काल सहमति गर्न दबाब दिन सुझाव दिएका छन् । बिहीबार जेनजी अगुवासँगको अन्तरक्रियापछि डा. भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
१०. राजनीतिक विडम्बना
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन सरकारलाई ढाले पनि दशकौँ पुराना राजनीतिक पात्रमा विद्यमान अवसरवादी सोच, शैली र चिन्तनलाई ढाल्न सकेन ।
११. सर्वोच्चसहित देशभरका अदालत लयमा फर्कँदै
भदौ २४ मा आगजनी र तोडफोडपछि सर्वोच्च अदालतसहित देशभरका २३ वटा अदालतको ठप्प भएको न्याय सेवा बिस्तारै पुरानै लयमा फर्कँदै छ । आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको सर्वोच्च अदालतले रिट निवेदन, बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरिरहेको छ ।
१२. तीन महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा आकर्षक प्रगति
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा आकर्षण बढेको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तीन महिनामा वैदेशिक लगानीका प्रस्ताव र स्वीकृति तथ्याङ्कले यस्तो देखाएको छ ।
- थप समाचारहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण