एमालेको प्रतिनिधि छनोटमा द्वन्द्वको गन्धदेखि रास्वपासँग एकताका लागि उज्यालो नेपालको प्रस्तावसम्म
सारांश
- एमालेको महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट सम्पन्न भएको छ।
- उज्यालो नेपाल पार्टीले रास्वपासँग पार्टी एकता र सहकार्यको प्रस्ताव गरेको छ।
- राप्रपाले प्रधानमन्त्रीसमक्ष मुलुकको हितका लागि नयाँ समझदारीको प्रस्ताव पेश गरेको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१.प्रतिनिधि छनोटमा द्वन्द्वको गन्ध
मंसिर अन्तिम साता हुने एमालेको ११ औँ महाधिवेशनका लागि शनिबार देशैभर प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोट गरेसँगै एमालेका साढे ६ लाख बढी नेता कार्यकर्तालाई औपचारिक रूपमा महाधिवेशन लागेको छ ।
२. रास्वपासँग एकताका लागि उज्यालो नेपालको प्रस्ताव
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता र सहकार्यका लागि निरन्तर संवाद भइरहेको जनाएको छ ।
पार्टीका प्रवक्ता डा. राजु थापाले लामो समयदेखि रास्वपासँग सहकार्यको प्रयास भइरहेको तर रास्वपाको सर्तका कारण निष्कर्षमा पुग्न नसकिएको रातोपाटीलाई बताए ।
३. एनपीएल
४. राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष नवीन समझदारीको औपचारिक प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीसँग शनिबार भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ।
५. प्रलोपाद्वारा सरकारलाई ४ बुँदे ध्यानाकर्षण
डा. बाबुराम भट्टराई र जनार्दन शर्मा अभिभावक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले विभिन्न ४ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवको अध्यक्षतामा काठमाडौँको तीनकुनेमा बसेको विस्तारित बैठकले ‘जेनजी विद्रोह’ को म्यान्डेट पूरा गर्नुपर्ने सहितका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।
६. प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन् ।
शनिबार भक्तपुरको राधेराधेमा आयोजित आजपाको भक्तपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय भेलालाई सम्बोधन गर्दै साहले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने बताएका हुन् ।
७. महामन्त्रीद्वयले गम्भीर गल्ती गर्दैछन्, पछि पछुताउँछन्: कांग्रेस नेता गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको जारी विवाद समाधानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चिन्तित नदेखिएको आरोप लगाएका छन् ।
८.अनुवाद
सन २०२४मा बब मार्लीको जीवनकथामा आधारित चलचित्र ’बब मार्लीः वन लभ’ प्रदर्शनमा आयो । सन १९४५ मा जन्मिएर ३६ वर्षको अल्पायुमै १९८१ मा निधन भएका मार्ली आजपर्यन्त एउटा गीतकारको रूपमा मात्रै नभएर रेग्गी गायनका पर्यायवाची जस्तै मानिन्छन् । चलचित्रमा मार्लीको भूमिकामा बेलायती अभिनेता किङ्स्ले बेन–अडिर छन् । उनले आफ्नो भूमिका असाध्यै राम्रोसँग निभाएका छन् ।
९.पूर्वराजा र राजावादीमाथि किन खनिए दुर्गा प्रसाईं ?
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थक (राजावादी) प्रति असन्तुष्टि पोखेका छन्।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू राजसंस्था र हिन्दु राज्यको पक्षमा तीन वर्षदेखि लड्दै आए पनि पूर्वराजा निष्क्रिय बनेको र राजावादीहरूले पनि दोहोरो चरित्र देखाएको आरोप लगाए । सोही कारण आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनको गुनासो थियो ।
१०. ‘द ब्रिटिस स्कुल’मा विदेशीको रजाईं
ललितपुरको जावलाखेलमा सञ्चालित ‘द ब्रिटिस स्कुल’मा नेपालको कानुनलाई चुनौती दिँदै विदेशी नागरिकहरूले भिसाको उद्देश्य विपरीत काम गरिरहेको आरोप लागेको छ।
पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशीहरूले विद्यालयको सञ्चालक समितिमा रहेर प्रशासनिक र नीतिगत हस्तक्षेप गरिरहेको भन्दै अध्यागमन विभागमा उजुरी नै परेको छ।
११. फोटो फिचर
१२. शनिबार विषेश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण