बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: देशको व्यापार घाटा १४ खर्ब पुग्यो, सुदूरपश्चिम रोयल्सद्वारा ६ खेलाडी रिटेन

आइतबार, ०८ असार २०८२, ०० : ००
आइतबार, ०८ असार २०८२

सारांश

  • निर्यात ७७ प्रतिशतले बढ्दा देशको व्यापार घाटा १४ खर्ब पुग्यो।
  • संसद् बैठकमा रास्वपाको विरोध र राप्रपाको बहिस्कारका बीच विनियोजन विधेयकमा छलफल सुरु भयो।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको दुरुपयोग भएको र आफूमाथि संगठित अपराध भइरहेको बताए।

रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१. निर्यात बढे पनि देशको व्यापार घाटा १४ खर्ब पुग्यो
चालु वर्षको ११ महिना ९जेठ मसान्तसम्म० को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । 

आयात निर्यात बढेसँगै वैदेशिक व्यापार बढेको छ भने  देशको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१र८२ को जेठसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड बराबरको वैदेशिक व्यापार भएको छ ।

२. संसद् बैठक

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बिच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफल प्रारम्भ भएको छ । 

३. रविको सन्देश

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफूले सङ्गठित अपराध नगरेको तर सिङ्गो राज्यको दुरुपयोग गरेर आफूमाथि सङ्गठित अपराध भइरहेको बताएका छन । रास्वपा स्थापना दिवसको अवसरमा भैरहवा कारागारबाट अपिल सन्देश पठाउँदै उनले चरम अन्यायको सिकार भई थुनुवामा रहेको उल्लेख गरेका छन ।

४. जसपा बैठक
जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिवारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिवार सुरु भएको बैठक आइतबारसम्म चल्ने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिएका हुन । 

५. रास्वपा स्थापना दिवस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँको माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन । सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन । 

६. अन्तर्राष्ट्रिय योग दिवस

अन्तर्राष्ट्रिय योग दिवसको ११ औँ संस्करण नेपालमा भव्यरुपमा मनाइएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुर लगायत नेपालका १० सहर र नगरपालिकाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको हो ।

७. सुदूरपश्चिम रोयल्सद्वारा ६ खेलाडी रिटेन

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० को आगामी सिजनलाई लक्षित गर्दै रिटेन तथा रिलिज गरिएको खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।

टोलीले यस सिजनका लागि राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै टोलीप्रति उनको नेतृत्वको भरोसा कायम राखेको हो। निरन्तरता दिइएका अन्य महत्वपूर्ण खेलाडीहरूमध्ये विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रहेका छन्।

८. पहिलो प्रस्रव

काठमाडौँको डिल्लीबजारस्थित घरमा कलाकार र साहित्यकारहरूको जमघट भइन्थ्यो, किताब र कलाका थुप्रा हुन्थे । आमा कला साधनामा र पिता साहित्य साधनामा मग्न रहेको देखेर बेन्जु हुर्किन्, यसर्थ बेन्जु शर्माका लागि घरै साधना स्थलजस्तो थियो ।

९. इरान इजरायल तनाव

भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।


१०. प्रथम नेपाली महिला

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को बहिस्कारका बिच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफल प्रारम्भ भएको छ । 

११. शनिबार विशेष

१२. चितवन दुर्घटना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप