१२ बजे १२ समाचार: विधान संशोधनबाट पछि हटे ओली, एनपीएल फाइनल भोली
सारांश
- एमाले सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अस्वीकृत भयो, ओली पछि हटे।
- भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा हुने आदेश दिइयो।
- जेनजी आन्दोलन र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा संवैधानिक जटिलता देखिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. विधान संशोधनबाट पछि हटे ओली
नेकपा एमालेको सचिवालय बैठकमा एजेन्डाका रूपमा राखिएको विधान संशोधन प्रस्ताव अस्वीकृत भएको छ । नेतृत्व चयनका लागि शनिबारबाट सुरु हुन लागेको एमालेको ११ औँ महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव बैठकमा एजेन्डाका रूपमा आए पनि अस्वीकृत भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
२. एनपीएल
३. भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसँग धरौटी माग
भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोप लागेका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ ।
४. सरकार–जेनजी सम्झौताप्रति दलहरू असन्तुष्ट
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकार ढल्यो । भदौ २४ गते जेनजी आन्दोलनको रापताप थेग्न नसकेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए । उनको राजीनामा तत्कालै राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरे ।
५. आफ्नै वचन तोड्दै प्रधानमन्त्री
जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो प्रतिबद्धता विपरीत तीन महिनामा चौथो पटक सरकार विस्तार गरेको छ । फागुन २१ गते चुनाव गराउने मुख्य म्यान्डेट पाएको सरकार मन्त्रिपरिषद् विस्तारमा अल्झिरहेको हो ।
६. जेनजी–सरकार सम्झौता कार्यान्वयनमा संवैधानिक जटिलता
जेनजी र सरकारबिच भएको १० बुँदे सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन भएर राजपत्रमा प्रकाशित भएको छ । सम्झौतामा उल्लेख भएका कतिपय माग पूरा गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि चुनावपछि आउने नयाँ सरकारले स्वामित्व ग्रहण गरेर संसद्को दुईतिहाइले अनुमोदन गर्नुपर्छ ।
७. नेकपा रोजेकी मुस्कान: ‘सबै जेनजी एउटै ठाउँमा अटाउनु राम्रो हुन्छ’
१५ वर्षको कलिलो उमेरमा तेजाब आक्रमणबाट गम्भीर घाइते भएकी खातुनले उपचारसँगै हिम्मत नहारी समाजमा हुने गरेका सबै प्रकारका हिंसा विरुद्ध अभियान चलाएकी थिइन् । उनको यही साहसको कदर गर्दै अमेरिकी सरकारले २०७७ सालमा पुरस्कार दिएको थियो ।
८. नेपाली कांग्रेस
नेपाली कांग्रेसका तीन निवर्तमान सांसद फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । निर्वाचन नलड्ने घोषणा गर्नेमा सहमहामन्त्री बद्री पाण्डे, रामनाथ अधिकारी र राजेन्द्र केसीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।
९. जेनजी–सरकार सम्झौताको असर
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर गरिएको छ ।
१०. राप्रपा केन्द्रीय समिति बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचन र पार्टीका नियमित महाधिवेशनका काम, सङ्गठन निर्माणलाई एकैसाथ परिचालन गर्ने भएको छ ।
११. राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थसँग संवाद
जेनजी आन्दोलनको क्रममा भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माण योजना बनाउन गठित समितिले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । राष्ट्रिय योजना आयोगका सचिव समेत रहेका संयोजक रविलाल पन्थको संयोजकत्वमा गठित उक्त समितिले क्षतिको विवरण पुनर्निर्माणमा लाग्ने खर्च तथा योजना एवं निजी क्षेत्रलाई दिने राहतका विषयमा सुझावसहितको प्रतिवेदन बुझाएको जनाइएको छ ।
१२. चुनाव: मधेसकेन्द्रित दलहरूलाई ‘एकताको सिजन’
नेपालमा दलहरू फुट्नु सामान्य भइसक्यो । त्यसमाथि मधेसकेन्द्रित दलहरूको फुटको इतिहास त बखान गरिसाध्य छैन । उनीहरूलाई फुट्न र जुट्न कुनै कारण नै चाहिँदैन, बस् व्यक्तिगत स्वार्थ भए पुगिहाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण