१२ बजे १२ समाचार: थरीथरीका मधेस केन्द्रित दल, शेखर–गगनलाई एकैठाउँमा ल्याउने प्रयास
सारांश
- मधेस केन्द्रित दलहरू चुनावको लागि दर्ता भए, एमाले महाधिवेशनमा पुरानै अनुहारको वर्चस्व रह्यो।
- रवि लामिछानेले कारागारबाटै राजनीतिक सन्देश पठाए, रसुवागढी नाका खुल्ने भयो भने कोरोला बन्द हुने भयो।
- मधेस प्रदेशका मुख्यमन्त्री यादवले राजीनामा दिए, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक पक्राउ परे, र लुम्बिनीमा अस्पताल बनिरहेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. थरीथरीका मधेस केन्द्रित दल
फागुन २१ गतेको चुनावका लागि २९ वटा नयाँ दल दर्ता भएकोमा ११ वटा मधेस केन्द्रित छन् । तीमध्ये अधिकांश दल फुटेर वा अलग भएर गठन भएका हुन् ।
२. एमाले महाधिवेशन
नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि छानिँदा कर्णाली प्रदेशमा पुरानै अनुहारको हालीमुहाली देखिएको छ । यसअघि नै परीक्षण भइसकेका, लामो समयदेखि पार्टीकै विभिन्न तहमा बसेका र नेताहरूकै आसेपासेहरूलाई मात्रै प्रतिनिधिमा स्थान दिइएको युवा पुस्ताका नेताहरू बताउँछन् ।
३. कारागारबाटै रविको राजनीतिक सक्रियता
मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए ।
रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए ।
४. रसुवागढी नाका खुल्दै, कोरोला बन्द हुँदै
नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने उत्तरी नाका रसुवागढी छिट्टै सञ्चालनमा आउने भएको छ । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि यो नाका पाँच महिनायता अवरुद्ध छ । हाल चीन सरकारले निर्माण गरिरहेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेसँगै नाका पुनः खुल्ने निश्चित भएको हो ।
५. कांग्रेस राजनीति
नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएकाहरूले पार्टीभित्रको इतर समूहका नेता डा। शेखर कोइराला र महामन्त्री गगन थापा १५औँ महाधिवेशनमा एकैठाउँमा हुनुपर्ने बताएका छन् ।
६. मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा
मधेस प्रदेशका मुख्यमन्त्री (सीएम) सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
याे पनि...
७. अदालत
विशेष अदालतले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दामा साझी बुझ्ने आदेश दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले साझी बुझ्ने आदेश दिएको हो ।
याे पनि...
८. नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक पक्राउ
नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।
९. एनपीएल
अस्ट्रेलियन ब्याटर डार्सी सर्टको उत्कृष्ट अर्धशतकीय प्रदर्शनमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सहजै हराएको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको हो ।
१०. पर्यटक आगमन उत्साहजनक
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछिको विकसित परिस्थितिमा पनि नेपालमा पर्यटक आगमन उत्साहजनक रहेको छ । सामान्यतयास् सडक आन्दोलन, हड्ताल वा राजनीतिक अस्थिरताको सानो संकेतले पनि प्रभावित हुने पर्यटन क्षेत्र यसपटक भने आन्दोलनका बाबजुद चलायमान नै देखिएको हो ।
११. उज्यालो नेपाल पार्टीको घोषणा
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ । बुधबार राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा भएको हो ।
१२. धमाधम बनिरहेछ लुम्बिनी प्रादेशिक अस्पताल
विकास निर्माणका कामहरू प्रायः सुस्त देखिएका बेला लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निर्माण कार्य धमाधम गरिरहेको छ।
प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित २०८१ भदौ १५ गतेदेखि १ हजार २०० शय्याको सुविधासम्पन्न यो अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको हो। उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले अस्पतालमा भइरहेको काम हेर्दा स्थानीयहरूमा केही आशा पलाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण