शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: कुलमानले खुलाए बञ्चरे डाँडाको अवरोध, ११ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीकै काँधमा

आइतबार, १६ कात्तिक २०८२, २३ : ४४
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • बञ्चरे डाँडाको फोहोर व्यवस्थापनबारे कुलमान घिसिङले स्थानीयसँग छलफल गरे।
  • मुख्यमन्त्री जितेन्द्र सोनलले ११ मन्त्रालयको जिम्मेवारी आफैँ राखेका छन् भने प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग निर्वाचनबारे छलफल गरे।
  • विभिन्न घटनाक्रममा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् भने कतिपय निर्णय कार्यान्वयनमा रोक लगाइएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । 

१. कुलमानले खुलाए बञ्चरे डाँडाको अवरोध

४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको  बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकासमन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले रातोपाटीलाई जानकारी दिए ।

२. ११ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीकै काँधमा

धेस प्रदेश सरकारले पूर्णता पाउन नसक्दा विभिन्न मन्त्रालयका कामकाज प्रभावित भएका छन् । मुख्यमन्त्री जितेन्द्र सोनलले हाल ११ मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

३. उच्छृङ्खल गतिविधि गर्ने ३३५ जना पक्राउ

जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर उच्छृङ्खल गतिविधि गर्ने तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परे । दावाको समूहले बुलेट मोटरसाइकल पड्काउँदै बिजुलीबजारबाट भिडलाई उत्तेजित बनाएका थिए ।

४. मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री सुशीला कार्कीले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग आइतबार छलफल गरेकी छन् । उनले निर्वाचनको वातावरण बनाउने सन्दर्भमा प्रदेश सरकारको सहयोगको अपेक्षासहित छलफल गरेकी हुन् । मुख्यमन्त्रीहरूले निर्वाचनका लागि सकारात्मक रहे पनि वातावरण भने सो अनुरुप बन्न नसकेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

५. महाधिवेशनको कार्यतालिकाबारे कांग्रेसमा जुटेन सहमति
नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिकाबारे कार्यसम्पादन समिति बैठकमा सहमति जुट्न सकेन । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा सहमति नजुटेपछि केन्द्रीय कार्यसमितिको बैठक नै स्थगित गरिएको छ । 

६. आठ दलबिच एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच एकता हुने भएको छ । एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिको संयुक्त भेलाका रूपमा कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।

७. मुख्यमन्त्री र सभामुखको हानथाप

२०८१ माघदेखि कोशी प्रदेश सभा सचिवको पद रिक्तजस्तै छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि भूमिगतजस्तै भए । केही दिन अगाडि प्रदेश सभामा आएर हाजिर गरेसँगै पराजुलीले राजीनामा दिएका छन् ।

८.  राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले सरकारलाई राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

९. प्रधानमन्त्री कार्कीको नियुक्ति बदरको मागसहित सर्वोच्चमा रिट निवेदन
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपतिले संविधानको व्यवस्थाभन्दा बाहिर गएर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै रिटमा उक्त नियुक्ति बदर गर्न माग गरिएको हो ।

१०. निकोलस भुसाललाई खोज्दै प्रहरी

हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरेको छ । भुसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

११. बालेनले सामाजिक सञ्जालमा लेखेर हटाएको स्टाटसबारे चर्चा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह यतिवेला पुनः चर्चामा छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण उनको विरोध भइरहेको छ । अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थिए । स्टाटसमा भारत, चीन र अमेरिकालाई अश्लील शब्दमा गाली गरिएको थियो ।

१२.  एकता प्रक्रियालाई लिएर माओवादी र एकीकृत समाजवादी पार्टीभित्र असन्तुष्टि
एकता प्रक्रियालाई लिएर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीभित्र असन्तुष्टि चुलिएको छ । दुवै पार्टीका केही नेता एकता प्रक्रियालाई लिएर असन्तुष्ट देखिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप