१२ बजे १२ समाचार: एमालेमा ईश्वरको ‘काउन्टर प्रस्ताव’ देखि पहिलो क्वालिफायरमा पूर्व र पश्चिमको भिडन्तसम्म
सारांश
- एमाले नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि अवधारणा पत्र पेश गरे, जसमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे प्रस्तावहरू छन्।
- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुने, विजेता फाइनलमा प्रवेश गर्नेछ।
- सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न परमादेश जारी गर्यो।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. एमालेमा ईश्वर पोखरेलले पेस गरे फरक प्रस्ताव
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा छलफलका लागि भन्दै आफ्नो अवधारणापत्र पार्टीलाई बुझाएका छन् । सोमबार पार्टी कार्यालय पुगेर उनले महासचिव शंकर पोखरेललाई अवधारणापत्र बुझाएका हुन् ।
२. पहिलो क्वालिफायरमा पूर्व र पश्चिमको भिडन्त
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा मंगलबार गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच खेलिँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।
यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर २७ गते खेलिनेछ ।
३. कांग्रेसका ८ निवर्तमान सांसद प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिएपछि..
नेपाली कांग्रेसका ८ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट पेस गरेपछि नेपाली कांग्रेसभित्र तरङ्ग उत्पन्न भएको छ । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस दिएर उनीहरूले रिट पेस गरेका हुन् ।
४. हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न परमादेश
सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
५. असईले आफ्नै ६ महिने छोराको गरे हत्या
एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै ६ महिने छोराको हत्या गरेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६. प्रधानमन्त्रीसँग माफी मागे दुर्गा प्रसाईंले
नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै उनले बाहिर आफूले भनेका कुरालाई लिएर माफी मागेका हुन् ।
७. जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको ठहर
जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूले कम घातक हतियारको दुरुपयोग र घातक हतियारको प्रयोग गरी अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलको ठहर छ ।
८. नेकपाले पुस ५ सम्ममा प्रदेश र जिल्लाको एकता टुङ्ग्याउने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश सम्मको एकता टुङ्ग्याउने भएको छ । पुस ५ गते नै सो पार्टीले काठमाडौँमा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा आयोजना गर्ने भएको छ ।
९. लुटिएका हतियार र फरार कैदीबन्दी चुनावका लागि सुरक्षा चुनौती बन्लान् ?
निर्वाचन नजिकिँदै गर्दा चार वटै सुरक्षा निकायले सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी आ–आफ्नो तयारी गरिरहेका छन् । जेनजी प्रदर्शनका क्रममा लुटिएका प्रहरीका हतियार र कारागार तथा बालसुधार गृहबाट भागेका कैदीबन्दीहरू निर्वाचनमा ‘सुरक्षा थ्रेट’ हुन सक्ने आकलन गरिएको छ ।
१०. मन्त्रिपरिषद बैठक: उखुको न्यूनतम खरिद मूल्यदेखि सहिद घोषणासम्म
सोमबार मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । उखुको न्यूनतम खरिद मूल्य तोक्नेदेखि लिएर गत चैत १५ गते तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नेसम्मका निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
११. काठमाडौँमा हर्क साम्पाङले गरे शक्ति प्रदर्शन
श्रम संस्कृति पार्टी गठन गरेका धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङले सोमबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । उनले पार्टीकै संगठन विस्तारका क्रममा राजधानीमा र्यालीसहित सभा आयोजना गरेका हुन् ।
१२. हरिबोलको ‘बोल्ड’ प्रस्ताव
सधैँ सुरक्षित निर्वाचन क्षेत्र खोज्ने आफ्नै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूको प्रवृत्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी निर्वाचनका लागि एउटा ‘बोल्ड’ प्रस्ताव अघि सारेका छन् । उनले आफू, पार्टी संयोजक प्रचण्डसहित यसअघि प्रधानमन्त्री, मन्त्री र पटक–पटक सांसद भइसकेका ‘टेस्टेड’ अनुहारहरूले अब चुनाव लड्न नहुने मत राखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण