शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: आयोगसमक्ष लेखकको बयानदेखि सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइनको काम सुरुसम्म

मङ्गलबार, १५ पुस २०८२, ०० : ०७
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि आयोगमा बयान दिए।
  • आगामी निर्वाचनका लागि ५२ राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाए।
  • सरकारले गृह सचिवसहित ७ जना सचिवको सरुवा गरेको छ, जसमा रामेश्वर दंगाल लोक सेवा आयोगमा सरुवा भए।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. जाँचबुझ आयोगसमक्ष रमेश लेखकको बयान

पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगसमक्ष बयान दिएका छन् । 

२. सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइनको निर्माण प्रक्रिया अघि बढ्यो

नेपाल आयल निगमले सिलीगुडी–चारआली अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माणका लागि प्रक्रिया सुरु गरेको छ ।

३.  दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म ५२ राजनीतिक दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् ।

४. अन्तरिम सरकारका पालामा धमाधम अनुसन्धान

राजनीतिक पहुँच र स्वार्थको आडमा विभिन्न काण्डबारे अनुसन्धान रोकिएका फाइल फेरि खोल्न थालिएको छ । जेनजी प्रदर्शनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न समयमा अनुसन्धान रोकिएका फाइल खोल्ने र कारबाही प्रक्रिया अघि बढाउन थालेको हो ।

५. कुलमान, बालेन र रास्वपाबिच सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ । 

६. दबाबमा पुराना दल 

पुराना तथा नयाँ राजनीतिक दलहरूबिच ध्रुवीकरण र एकताका कारण निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नै प्रभावित भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउने समय आयोगले कात्तिक ३० गतेको निर्णय अनुसार पुस १३ र १४ गतेलाई तोकेको थियो । तर प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सोमबार दिउँसो पौने चार बजेसम्म पनि पुगेका थिएनन् । बन्दसूची बुझाउने कार्यालय समय बिहान १० देखि ४ बजेसम्म भएपनि दलहरू समयमै नपुग्दा रातभर काम गर्नुपर्ने बाध्यतामा आयोग पदाधिकारी र कर्मचारी रहेका छन् ।

७. नेकपा र रञ्जिताको नागरिक उन्मुक्ति पार्टीबिच एकता

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।

८. सरकारले गर्‍यो ७ सचिवको सरुवा

सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ।

९.सेयर कारोबारी अग्रवाल धरौटीमा रिहा

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धरौटी जमानत लिएर छाडेको छ । 

१०.  लोहनीको सपना चकनाचुर 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा।प्रकाशचन्द्र लोहनीको समानुपातिक सांसद बन्ने सपना फेरि एकपटक अधुरो बनेको छ ।

११. मधेसमा चिसो बढे पनि न्यानो कपडा बिक्री नहुँदा व्यापारी निराश

मधेस प्रदेशमा साँझ–बिहान चिसो बढेको छ । कतिपय दिन त घामसमेत देखिँदैन । चिसोले एकातिर जनजीवन प्रभावित भइरहेको छ भने अर्कोतिर कपडा व्यापारीहरू न्यानो कपडा बिक्री नभएको गुनासो गर्दैछन् ।

१२. अदालत

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा थुनामा रहेका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई आफ्नो र परिवारको बैंक खाता तथा आयव्ययको विस्तृत विवरण पेस गर्न आदेश दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप