बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचारः काठमाडौँ र ललितपुरमा सोमबारको बिदा खारेज, विपदमा चनाखो बन्यो सरकार

आइतबार, १९ असोज २०८२, २३ : ४०
आइतबार, १९ असोज २०८२

सारांश

  • गृह मन्त्रालयले विपद्‍को कारण सार्वजनिक बिदा खारेज गरेको छ, र सरकारी कार्यालयहरू नियमित सञ्चालन हुनेछन्।
  • मनसुनजन्य विपद्‍बाट कोशी प्रदेशमा ४३ जनाको मृत्यु भएको छ भने २६ हजारभन्दा बढी विस्थापित भएका छन्।
  • विभिन्न भागमा मौसममा सुधार आएको छ र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ।

काठमडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. बिदा खारेज

यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो । तर आजै गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएसँगै यो नयाँ निर्णय भएको हो ।

२. विपदमा चनाखो बन्यो सरकार

अघिल्ला वर्षको तुलनामा हालैको विपदमा सरकार निकै चनासो भएर जनधनको क्षति न्यूनीकरणमा सक्रिय रहेको अनुभूति जनताले गरेका छन् । 

३. बाढी–पहिरोबाट जलविद्युत् आयोजनामा क्षति

बाढी–पहिरोबाट बर्सेनि जलविद्युत् आयोजनामा क्षति हुने गरेको छ । हालैको अविरल वर्षा र पहिरोले पनि जलविद्युत आयोजनामा ठुलो क्षति भएको छ ।

४. मौसममा क्रमिक सुधार हुँदै

अविरल वर्षापछि काठमाडौँसहित देशका विभिन्न भागको मौसममा क्रमिक सुधार आएको छ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

५. मनसुनजन्य विपदबाट कोशीमा ठुलो क्षति

कोशी प्रदेशमा मनसुनजन्य विपदबाट कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने २६ हजार जनाभन्दा बढी विस्थापित भएका छन् ।

६. भोलि माओवादी केन्द्रको सचिवालय बैठक

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक भोलि (सोमबार) बस्ने भएको छ । महाधिवेशन मिति, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

७. गुण्डा नाइके सानुभाइ पक्राउ

गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ पक्राउ परेका छन् । आइतबार उनलाई टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।

८. मनाङ प्रदेश सभा–२ को उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले मनाङ प्रदेश सभा–२ को उपनिर्वाचन स्थगित गरेको छ । 

९. विप्लवले बोलाए केन्द्रीय समिति बैठक

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । जेनजी विद्रोहपछिको राजनीतिक अवस्थाको विश्लेषण, वामपन्थी एकता लगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।

१०. केन्द्रीय कमिटी बैठकका लागि ठाउँ खोज्दै एमाले

नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । यद्यपि बैठक बस्ने ठाउँ भने टुङ्गो लाग्न बाँकी छ ।

११. हराएका मान्छे र सामान भेटाइदिने अर्जुन भुसाल

वर्षौंदेखि हराएका व्यक्तिलाई परिवारसँग भेटाउने, सडकमा अलपत्र परेकालाई संरक्षणमा पुर्‍याइदिने र हराएका सामानहरू खोजेर सम्बन्धित धनीलाई फिर्ता दिने काम गर्दै आएका छन् अर्जुन भुसाल । कतिपयले उनको यो कामलाई विशुद्ध समाजसेवासँग जोड्छन्, तर उनी यसलाई आफ्नो ‘कर्तव्य’ र ‘दायित्व’ मान्छन् ।

१२. दुई मन्त्री सोमबार इलाम जाँदै

विपद्को घटनामा सबैभन्दा बढी प्रभावित भएको इलाममा सोमबार दुई मन्त्री जाने भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ सोमबार प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नका लागि जान लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप