१२ बजे १२ समाचार: महसुल विवाद रहेका थप १८ उद्योगको लाइन काटियो, छठ पर्वको औपचारिक सुरुवात
सारांश
- विद्युत् प्राधिकरणले थप १८ उद्योगको लाइन काटेको छ, जसले महसुल विवाद समाधान नभएको देखाउँछ।
- छठ पर्व मिथिलाञ्चलमा 'नहाय-खाय' विधिसँग सुरु भएको छ, जसले पर्वको औपचारिक सुरुवात गर्यो।
- प्रधानमन्त्री निवासमा सुरक्षा अवस्थाबारे छलफल भयो, जसमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. महसुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो
ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो।
२. छठ पर्व
आस्था, निष्ठा र आत्मसंयमको प्रतीक छठ पर्व आज मिथिलाञ्चलभर ‘नहाय–खाय’ विधिसँग सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीका दिन ब्रतालुहरूले बिहानै पवित्र स्नान गरी हात–गोडाका नङ काटी चोखो–नितो भएर अरवा चामलको भात तथा अरवाइन खाई ब्रतको संकल्प गरेका छन् ।
३. बालुवाटारमा सुरक्षा बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ। शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूले छलफल गरेका हुन् ।
४. गृहमन्त्री अर्यालको भूमिका शंकास्पद, तत्काल राजीनामा दिनुपर्छः प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा माग गरेका छन्। जेन–जी आन्दोलनमा युवाहरूको हत्या गर्नेहरूलाई यो सरकारले जोगाउन खोजेको उनको आरोप छ।
५. नयाँ संसद् भवन निर्माणमा ढिलाइ
निर्माणाधीन नयाँ संसद् भवनको काम पाँचौँ पटक थप गरिएको म्यादभित्र पनि सम्पन्न नहुने आशङ्का बढेको छ । आगामी २०८२ पुस १६ गतेसम्म सक्नैपर्ने अन्तिम म्याद भए पनि हालसम्म यसको समग्र भौतिक प्रगति जम्मा ८७ प्रतिशत मात्रै पुगेको छ ।
६. आन्तरिक पर्यटकको भिड
मुस्ताङसहित हिमाली क्षेत्रको विभिन्न स्थानमा आन्तरिक पर्यटकको भिड लागेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भाइटीकाको भोलिपल्ट शुक्रबार मात्रै बेनी–जोमसोम सडकखण्ड हुँदै ६ हजार ८५९ पर्यटक भित्रिएका थिए ।
७. अनावश्यक धर्ना–प्रदर्शन नगर्न आग्रह
गृह मन्त्रालयले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको छ।
८. स्वास्थ्य
‘बूनियन’ खुट्टाको एउटा सामान्य समस्या हो, जसमा खुट्टाको बुढी औँला नजिक हड्डी जस्तो उभार आउँछ र औँला भित्रतिर बांगिन थाल्छ। नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार, संसारभरका करिब २३% वयस्कहरूमा यो समस्या देखिन्छ। महिलाहरूमा यसको जोखिम पुरुषको तुलनामा २ देखि १० गुणा बढी हुन्छ।
९. अपराध
पोखरामा शनिबार बिहानै एक जनाको हत्या भएको छ। पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ।
प्रहरीले ललितपुरको धापाखेलबाट पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–२३ घापाखेल बस्दै आएका शिवकुमार विक छन् ।
मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् ।
१०. अन्तर्वार्ता
जेनजी विद्रोहबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई कस्तो प्रभाव पार्छ ? आगामी दिनमा कम्युनिस्ट पार्टीहरूले आफूलाई टिकाउन सक्लान् ? यसै विषयमा वामपन्थी नेता तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’सँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, आहुतिसँग गरिएको कुराकानीको सम्पादित अंशः
११. खेलकुद
पेप ग्वार्डिओला र ज्लाटान इब्राहिमोभिच दुवै फुटबलका महान् हस्ती हुन्। त्यसैले, बार्सिलोनामा यी दुईबिच चर्को विवाद हुनु कुनै अचम्मको कुरा थिएन, जसले फुटबल इतिहासमा एउटा प्रतिष्ठित झगडाको रूप लियो।
१२. शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण