१२ बजे १२ समाचार: सम्बन्ध सुधारमा प्रधानमन्त्रीदेखि गगन–विश्वप्रकाश चुनाव नलड्नेसम्म
सारांश
- कांग्रेसका ७ नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्।
- रेशम र रञ्जिताको पार्टीबीच पुन: एकता हुने भएको छ।
- गोदावरीका मेयर, उपमेयरसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. गगन–विश्वप्रकाशसहित कांग्रेसका ७ नेता चुनाव नलड्ने
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ७० दिन बाँकी छ । राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिसको काम गरिरहेका छन् । यस्तोमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका तीन पदाधिकारीसहित ७ जना नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
२. सम्बन्ध सुधारमा सुशीला
फागुन २१ नजिकिँदै गर्दा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र मन्त्रीहरू प्रमुख राजनीतिक दल र तिनका नेताको मन जित्ने प्रयत्नमा जुटेका छन् ।
३. रेशम र रञ्जिताको पार्टीबिच एकता हुँदै
रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ । गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने भएको हो । श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
४. अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार भएको छ ।
५. मन्त्रिपरिषद् बैठक निर्णय
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता नियमावलीमा चौथो पटक संशोधन गरिएको छ ।
- थप
६. राष्ट्रिय सभा निर्वाचन: बागमतीमा कुन दलसँग कति मतभार ?
आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा दलहरू उम्मेदवार छनोट तथा सिफारिस प्रक्रियामा लागेका छन् ।
७. प्रदेश सभा बैठक बस्ने ठाउँ नै भएन
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालनको विषयमा बहस चल्न थालेको छ । विपक्षी दलले संसद् अधिवेशन बोलाउन आवश्यक रहेको तर्क गरिरहेको छ भने सरकारचाहिँ बैठक राख्ने ठाउँ अभावलाई कारणका रूपमा देखाइरहेको छ ।
८. अदालत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी सरकारी हानीनोक्सानी पुर्याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
९. वैकल्पिक शक्तिबिच एकता प्रयास
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै रास्वपा, बालेन शाह, कुलमान घिसिङसहितका वैकल्पिक शक्तिहरूबिच एकता प्रयास जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी एकताका लागि ६०/४० को भागबन्डा प्रस्ताव गरेको छ । बिहीबार राति अबेरसम्म ललितपुरको ज्वागलमा बसेको बैठकमा रास्वपाले एकताका लागि त्रिपक्षीय भागबन्डा प्रस्ताव गरेको हो ।
१०. थप ३० लाख ग्राहकलाई समेट्ने तयारीमा प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले २ लाख ४० हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रमा समेत गरी अहिलेसम्म २ लाख ४० हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको प्राधिकरणले जनाएको छ ।
११. अपराध
काठमाडौंको ठमेलमा झगडा हुँदा परिचित युवकले प्रहार गरेको कैंचीको चोटबाट सुरज तामाङले ज्यान गुमाए । असोज १३ मा आकाश मगरले कैंचीले प्रहार गर्दा मकवानपुर घर भई मनमैजु बस्ने २५ वर्षीय सुरजको मृत्यु भएको हो ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
-
महिला नेतृत्वलाई निर्णायक तहमा पुर्याउन जोड
-
मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु
-
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण