सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: रेशम–रञ्जिता विवादले रास्वपालाई फाइदादेखि मधेस सरकारको गति सुस्तसम्म

मङ्गलबार, २९ पुस २०८२, ०० : ००
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टीको विवादमा रास्वपालाई फाइदा पुगेको छ।
  • कांग्रेसको विशेष महाधिवेशनमा गगन थापालाई अन्तरिम सभापति बनाउने तयारी भइरहेको छ।
  • बालेन शाहले केपी ओलीसँग चुनाव लड्ने तयारी गरेका छन्, जनमत पार्टीका २० जनाले समानुपातिक सूचीबाट नाम फिर्ता लिए।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. रेशम–रञ्जिता विवादले नाउपा संकटमा पर्दा रास्वपालाई फाइदा

नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले नेताहरू छिन्नभिन्न हुन थालेका छन् भने त्यसको फाइदा रास्वपाले लिन थालेको छ ।

२. समानुपातिकतर्फ बन्दसूची बुझाउन नपाए कुलमान अदालत जाने 

रास्वपासँगको एकता भङ्ग भएपछि कुलमान घिसिङ आफ्नै दल ‘उज्यालो नेपाल पार्टी’का तर्फबाट समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पहल गरिरहेका छन् । आयोगले बन्दसूची बुझ्न अस्वीकार गरेमा अदालतसम्म जाने तयारी भइरहेको सो पार्टीका नेता बताउँछन् । 

३. गगनलाई अन्तरिम सभापति बनाउने बाटोमा विशेष महाधिवेशन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आयोजित विशेष महाधिवेशन अन्तरिम नेतृत्व चयन गर्ने दिशामा उन्मुख भएको छ । विशेष महाधिवेशनबाट गगन थापालाई अन्तरिम सभापति बनाउने तयारी भएको हो ।

४. प्रतिनिधि सभा सदस्यमा ओलीसँग भिड्ने बालेनको तयारी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धाको तयारी गरेका छन् । ओलीको निर्वाचन क्षेत्र झापा–५ मा रास्वपाबाट बालेन शाह उम्मेदवार बन्ने चर्चा चलेको छ ।

५. जनमत पार्टीका २० जनाले समानुपातिकबाट फिर्ता लिए नाम

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट खसआर्य क्लस्टरका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूले पार्टी उपाध्यक्ष बसन्त कुशवाहाले रकम लेनदेन गरेर समानुपातिक सूचीमा मान्छेको नाम राखेको आरोप लगाएका छन् ।

६. महामन्त्रीद्वयसँग वार्ता गर्न देउवा तयार 

नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको दिशामा अघि बढेसँगै पार्टी सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ताका लागि तयार भएका छन् । सोमबार आफू निकटका नेताहरूसँगको छलफलमा देउवाले लचकता देखाएका हुन् । यसैबिच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि आह्वान गरिएको छ ।

७. दुई समूहलाई पार्टीमा भित्र्याउन प्रचण्डले गरे सहमति

मनिष लिम्बू हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूहलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा भित्र्याउन प्रचण्डले क्रमशः २ र ५ बुँदे सहमति गरेका छन् ।

८. बढुवा सिफारिस

नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

९. नेप्से रुपान्तरणको नयाँ खाका पेस

नेपाल स्टक एक्सचेन्ज पुनर्संरचनाका लागि अध्ययन गरी सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले बुझाएको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको छैन । यद्यपि, यसमा नेप्सेको पुनर्संरचना गर्दा हुने पुँजी, प्रविधि, स्वामित्व संरचना लगायतका विषय समेटिएको समितिका विज्ञ सदस्य निरज गिरीले जानकारी दिए ।

१०. मधेस सरकारको गति सुस्त

मधेस प्रदेशमा नयाँ सरकार गठन भएको डेढ महिना पुग्न लागेको छ । नयाँ सरकारका काम–कारबाहीको मूल्याङ्कन गर्ने समय भइनसके पनि सरकार परिवर्तनका शृङ्खलाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा चुनौती थपिएको छ ।

११. गण्डकीमा १२ सिट जित्ने रास्वपाको आकलन

प्रतिनिधि सभाको आसन्न निर्वाचनमा रास्वपाले गण्डकी प्रदेशमा १२ सिट जित्ने आकलन गरेको छ । सो पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा छ ।

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप