१२ बजे १२ समाचार: संसद् विघटन विरूद्धको रिटमा भएन अन्तरिम आदेश दिन, गुट भेलामा कार्यवाहक सभापति
सारांश
- सर्वोच्च अदालतले संसद विघटन विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ, र सरकारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
- नेपाली कांग्रेसका नेता देउवाले आगामी महाधिवेशनबारे छलफल गर्न मानेनन् भने पार्टीले भ्रष्टाचार छानबिनको माग गरेको छ।
- सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. संसद् विघटन
सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वाेच्च अदालतले राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ ।
२. नेपाली कांग्रेस
२०७८ पुस ६ गते सम्पन्न भएको पार्टीको १४ औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले आफ्नो गुटको बैठक राखेनन् । २०८१ फागुन २ गते भने उनलाई १४औँ महाधिवेशनमा आफूलाई सहयोग गरेका ११ नेता भेट्न गएर १५ औँ महाधिवेशनमा समूहबाट सभापतिको उम्मेदवार को हो भन्दै सोधे । त्यसमा देउवाको घुमाउरो जवाफ थियो – बेला भएको छैन, भएपछि सल्लाह गरौँला ।
नेपाली कांग्रेस अन्तर महानगर कार्यसमितिको चौथो बैठकले बदलिँदो परिस्थिति, जेनजी आन्दोलन र आम नेपालीको जनचाहनाअनुरुप देशमा व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानबिन गर्नुपर्ने निर्णय गरेको छ ।
३.नेपाल प्रहरी
नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ५ सिट रिक्त भएको छ । कार्तिक ९ मा पाँच जनालाई डीआईजीमा बढुवा सिफारिस गरेसँगै पाँच पद रिक्त भएको हो । आइतबार वरिष्ठ उपरीक्षकहरू भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।
४. शिक्षिका आत्महत्या प्रकरण
बाजुराको बुढीगंगा नगरपालिका– ५ स्थित भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहको गणित शिक्षकका रूपमा कार्यरत २७ वर्षीया जानकी खड्काले विवाहको दबाब झेल्न नसकी आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख गरेकी छिन् ।
५. बालुवाटार बैठक
सरकार,राजनीतिक दल र जेनजी सम्मिलित त्रिपक्षीय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्नदेखि बसेको बैठक साढे ४ घण्टामा सकिएको हो ।
६. दुर्गा प्रसाईंको आन्दोलन
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्।
७.पार्टी एकता
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीसँग एकता गर्न हतारिएका बेला अर्का नेता नारायणकाजी श्रेष्ठ हतारमा एकता गर्न नहुने पक्षमा उभिएका छन् । पछिल्लो समय प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पार्टी एकताका लागि घनिभूत छलफलमा छन् । तर हतारमा पार्टी एकता गर्न नहुने पक्षमा दुवै पार्टीभित्र तीव्र बहस चलिरहेको हो ।
८.महसुल विवाद
सात वर्षअघिको महसुल विवादलाई लिएर देशका दुई दर्जन उद्योगमा लाइन काटिएको छ, उत्पादनमूलक क्षेत्रका र केही निर्यातमूलक उद्योगसमेत विद्युत् आपूर्ति कटौतीको मारमा छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न थालेको कात्तिक ४ गतेदेखि हो ।
९.केन्द्रीय समिति बैठक
नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।
१०. मन्त्रिपरिषद् बैठक
सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।
११. कहिले होला सवारी लाइसेन्स छपाइ ?
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि अवरुद्ध बनेको यातायात व्यवस्था विभागको सेवा आइतबारसम्म पुनः सञ्चालनमा आउने भएको छ । तर करिब २५ लाख सेवाग्राहीले प्रतीक्षा गरिरहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम भने अझै अनिश्चित छ ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण