१२ बजे १२ समाचार: कमल थापा पुरानै घरमादेखि कुलमानको सय दिन पुरासम्म
सारांश
- मन्त्री कुलमान घिसिङले १०० दिने कार्यकाल पूरा गरे, तर पुरानै कामलाई निरन्तरता दिए।
- राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, पुस १६ गते एकता घोषणा हुने।
- प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै दायर मुद्दाको सुनुवाइ एकैसाथ हुने।
- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्यो।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. मन्त्री कुलमानका १०० दिन
जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिने कार्यकाल पूरा गरेका छन् । भदौ ३० गते घिसिङले एकैसाथ तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यस अवधिमा उनले ऊर्जा, सहरी र भौतिक गरी तीनवटै मन्त्रालयमा १०१ कार्य सम्पादन गरेको दाबी गरे पनि पुरानै कामलाई निरन्तरता दिएका छन् ।
२. कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबिच एकता गर्ने सहमति भएको छ। राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ। उक्त सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ। दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका हुन् ।
मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेस जनअभियानबिच कार्यगत एकता घोषणा गरिएको छ। सोमबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा सङ्घर्ष अघि बढाउने सहमति गरेका हुन्।
३. जाँचबुझ आयोग
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको गरिरहेको छ । जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीले पटक पटक सार्वजनिक कार्यक्रममा पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बयान नदिने अभिव्यक्ति दिँदै आएका छन् ।
४. सरकार ढाल्न सक्रिय
जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सक्रिय भइरहेको छ । तर यहीबेला कार्की नेतृत्वको सरकार ढालेर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने भन्दै केही दल र जेनजी अगुवासम्म सक्रिय बनेका छन् ।
प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले दायर गरेको पूरक रिट निवेदनलाई यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको छ ।
५. सरकरको प्रयास
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सरकारले राजनीतिक दलहरूसँगको संवादलाई तीव्र पारेको छ ।
६. क्रिसमस ‘इभ’
बिहीबार २५ डिसेम्बरमा क्रिसमस पर्व मनाइँदै छ । क्रिसमसको अघिल्लो रातमा क्रिसमस ‘इभ’ मनाइँदै छ ।
७. स्रोत अभाव
संघीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी–काठमाडौँ सडक स्रोत अभावमा परेको छ । बजेट निर्माणको क्रममा पर्याप्त विनियोजन हुन नसक्दा यो सडक निर्माणमा समस्या देखिने भएको हो ।
८. निर्वाचन
निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । पुस ८ गते बसेको आयोगको निर्णयअनुसार दल दर्ता खारेज गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम जरिवाना नबुझाउने दलहरूलाई कारबाही गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएका हुन् ।
फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका नयाँ र पुराना सबै दल निर्वाचनको तयारीमा जुटेका हुन् ।
९. कन्जुस्याइँ
बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणाको क्रम सकिएको छ । सञ्चालनमा रहेका सबै सूचीकृत वाणिज्य बैंकले यस वर्षको नाफाबाट लाभांश घोषणासम्बन्धी निर्णय गरेका हुन् ।
१०. क्रियाशील विवाद
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यताको विवाद समाधानका लागि सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई तत्कालै ‘फिल्ड’ मा पठाउन प्रस्ताव गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न कार्यसम्पादन समितिको बैठकमा थापाले केही जिल्लामा महाधिवेशनको कार्यतालिका बिथोल्ने बदनियतका साथ सदस्यताको काम रोकिएको आरोप लगाएका हुन् ।
११. न्यायालय
काठमाडौँ जिल्ला अदालतले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
विशेष अदालतले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश गरेको छ ।
सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ । अदालतको मङ्गलबार र बुधबारको निर्णयअनुसार उनीहरूको काज सरुवा गरिएको हो ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण