काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहँदा लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ लोकार्पण भएको छ। काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेनजी युवा र कवि मिश्रले संयुक्त रूपमा
काभ्रेको तेमालमा जन्मिएर भक्तपुरको न्यातपोल मन्दिर परिसरमा हुर्किएका ईश्वर थोकर तामाङ मातृभाषी कवि हुन् । कविता र संस्मरण लेखनमा पोख्त उनको भर्खरै ‘आमा’ कविता सङ्ग्रह बजारमा आएको छ । यसअघि...
समकालीन कवितामा युवा पुस्ताका कवि ज्योति भट्टराई विभेद र सामाजिक असमानतामाथि तिखो व्यङ्ग्य प्रहार गर्दै कविता कोर्छन् । उनै भट्टराईका तीन कविता हामीले पस्केका छौँ । सद्भाव इतिहासदेखि उनीहरूलाई हजुरहरूको पाइतालामुनि जबरजस्त राखियो उनीहरूले निरीह...
जसरी दिन चिसिन्छ — चेतनाले आत्माको किरण बिर्सन्छ र रात, भौतिक देहको सीमामा फैलिन्छ । तिमी नभएपछि प्रकाश र अन्धकार एउटै जस्तो लाग्छ, किनकि दृष्टि हुँदैन, भित्री अनुभूति नै उज्यालो हो । कहिलेकाहीँ लाग्छ — दिन र रात, सत्य र...
मान्छे घुमफिरमा रमाउने प्राणी रहेछ । पितापुर्खा पनि फिरन्ते नै भएर हो कि ? घुम्न भनेपछि मेरो मन हुरुक्क हुन्छ । विगतका वर्षझैँ यस पटक दसैँ तिहारबिचमा कतै घुम्न जाने...
कहिले काहीँ बेस्सरी डाको छाडेर रोएको बालकलाई शान्त पार्न उ भन्दा जोडले छेउमा कोही अर्को चिच्याउनु पर्छ । कहिलेकाहीँ आँसुलाई आँसुले मात्रै रोक्न सक्छ ! आफूभन्दा दुःखेको मानिस देख्दा मानिसले...
डा. नवराज केसी बाल रोग विशेषज्ञ हुन् । कर्णाली प्रदेश अस्पतालमा बालरोग विभाग प्रमुखका रूपमा काम गरिसकेका केसी हाल कर्णाली केयर अस्पतालमा कार्यरत छन् । उनको पहिलो कृति ‘शून्यको मूल्य’ले...
ऐना मेरो सबैभन्दा असल साथी हो । किनकि जब म रुन्छु, तब ऊ कहिल्यै हाँस्दैन । –चार्ली च्याप्लिन अन्ततः बाबा र ठुलो अङ्कलले मलाई ‘मानसिक अस्पताल’ मा भर्ना गरेरै छाड्नुभयो ।...
सगरमाथाको चुचुरो छुँदा शरीर जितिन्छ, तर आत्मा अझ नयाँ उचाइ खोजिरहन्छ । संसारको सबैभन्दा अग्लो स्थानमा पुगिसकेपछि पनि, भित्र कतै एउटा बेचैनी बाँकी रहन्छ— प्रकृतिको अर्को रूप हेर्ने, अर्को उचाइमा...
पर्सा। मिथिला क्षेत्रको चार दिनसम्म चल्ने विवाह संस्कारमा केन्द्रित रहेर लेखिएको 'मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा' नामक पुस्तक शनिबार विमोचन भएको छ। पर्साको वीरगञ्जमा पूर्वमन्त्री एवं लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल...
नेपाली साहित्यका चर्चित युवा उपन्यासकार तथा आख्यानकार हुन् सुबिन भट्टराई । ‘कथाकी पात्र’ कथा सङ्ग्रहमार्फत लेखन क्षेत्रमा उदाएका भट्टराई युवा पुस्तामाझ लोकप्रिय छन् । उनका हालसम्म ‘समर लभ’, ‘साया’ र ‘मनसुन’,...
लामो समयदेखि निजामती सेवामा कार्यरत भवानी खतिवडा नियात्राकारका रूपमा चर्चित छिन् । उनको ‘चारखोलाको आँगनीमा’, ‘घामभन्दा पहिले’, ‘आकाश ओढेको डोल्पो’ र ‘प्रणाम सगरमाथा’ गरी चार नियात्रा कृति प्रकाशित छन् ।...
“यहाँको माछा खूब स्वादिलो हुन्छ ।” म सिद्धार्थ होटलको छतमा भएको कटेजझैँ बनाइएको स्यानो ठाउँमा चुरोट तानेर अनावश्यक तर्कना गर्न लीन थिएँ । एउटा अपरिचित स्वर मेरो कानमा ठोक्किन्छ । म ऊतिर...
नेपाल प्राकृतिक विविधताका हिसाबले संसारकै सबैभन्दा सुन्दर र समृद्ध देश हो । यहाँ समुद्रको सतहदेखि ५९ मिटर मात्र उचाइमा रहेको धनुषाको ‘मुसहरनिया’ भन्ने ठाउँदेखि आठ हजार आठ सय ४८ दशमलब...
झापा । लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीका अवसरमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको छ । स्वतन्त्र साहित्यिक समूहद्वारा आयोजित सो कार्यक्रममा स्थानीय क्षेत्रका शैक्षिक क्षेत्रका अगुवाहरू,मानवअधिकारकर्मी, पत्रकारहरू साथै...
इलाम । राजधानी काठमाडौँ केन्द्रित साहित्यिक गतिविधिको विकल्पका रूपमा पूर्वी नेपालमा पनि सिर्जनात्मक अभियानको नयाँ लहर फैलिएको छ । यही अभियानलाई सुदृढ बनाउन My Platform को प्रस्तुतिमा दमक –३, बेलडाँगी क्याम्पमा विशेष...
काठमाडौँ । मोडर्न कन्या मल्टिपल कलेज, काठमाडौँले आज एक कार्यक्रम आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा कवितावाचन, सांस्कृतिक प्रस्तुति, विचार गोष्ठीलगायत विविध गतिविधि आयोजना...
तिहारको रङ सप्तरङ्गीको सौन्दर्यमा खुलेको हुन्छ । यो भौतिक सजावटमा सीमित छैन । यो प्रकृति, सम्बन्ध र सांस्कृतिक एवम् आध्यात्मिकता मिश्रित विविध रङहरूको सङ्गम हो । यी रङहरूले भन्छन् हाम्रो...
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालमा जन्मनु अभिशाप जस्तै थियो । नेपालमा उनलाई बुझ्ने मान्छे त्यति थिएनन् । नेपालमै जन्मेका कारण उनलाई मानसिक तनाव भएको थियो । मानसिक आघातको सिकार भएकाले उनलाई...
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...
काठमाडौँ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत सञ्चालित मासिक कथा वाचन कार्यक्रमको तेइसौं शृङ्खला २०८२ असोज ३१ गते सम्पन्न भएको छ। हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने यस कार्यक्रमको उद्देश्य...
उज्यालोको वर्षामा शरदले नुहाएपछि स्वर्गभन्दा बेहद सुन्दर र, भव्य भयो पृथ्वी । पाँच दिनको छुट्टी लिएर स्वर्गबाट धरतीमा ओर्लिए यमराज दियोका उज्यालाहरूमा सुस्ताए क्षणभर र, मनाए सुखरात्री । समाचार ल्याएको बदलामा कागलाई, सुरक्षा गरेको बदलामा कुकुरलाई, गाईलाई अमृत दिएको बदलामा, गोरुलाई...
खुट्टा लर्बराउनेहरु देख्दा दया लाग्छ के ले रोक्यो तिम्लाई सोध्न मन लाग्छ आन्दोलनको म्यान्डेट सुनाऊँ झैँ लाग्छ काम नगर्दै थाक्नेहरूसँग घृणा जाग्छ यत्रतत्र भेटिए थुप्रै विश्लेषकहरू बग्रेल्ती देखिए धेरै अन्वेषकहरू ठोक्किए अनेकन् संश्लेषकहरु सबले बजाए आ-आफ्नै डम्फुहरू भेट्ने कोसिस गर्दै छु वास्तविक हिरो जसले...
काठमाडौँ । बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार डा.रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान –२०८२ प्रदान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...
बर्सेनि नोबेल पुरस्कार प्रदान गर्दै आएको ‘स्विडिस एकेडेमी’कै मापदण्ड अनुसार हेर्दा यस वर्ष साहित्यतर्फ यस पुरस्कार प्राप्त गरेका हंगेरीका लेखक लास्ज्लो क्राज्नाहोर्काई खास किसिमका र चुनौतीपूर्ण छनोट नै हुन् ।...
इलामकी ज्योति जङ्गल लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन् । २०४८ सालमा कविता लेखनबाट साहित्यमा प्रवेश गरेकी उनले कथा, कविता, गजल, गीत, निबन्ध लेखिरहेकी छिन् । पहिलो पटक २०६२...
निबन्धका प्रारम्भिक कुरा साहित्य सिर्जनाका अन्य विधा जस्तै निबन्ध पनि एक विधा हो । यो गद्यपरक र गैरआख्यानमूलक हुन्छ । यो विवरणात्मक, विश्लेषणात्मक वा निजात्मक हुनसक्छ । यो बहुआयामिक हुन्छ, विषयवस्तुको...
बेलायती गोर्खा सेनाबाट अवकाश प्राप्त विजय हितान लामो समयदेखि विदेशमै रहेर साहित्यमा साधनारत छन् । बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा हितानको ‘चेपाङ चमेरा र चिउरी’ कथा तृतीय भएको थियो...
मिर्मिरे बिहानीमा एली कार लिएर आइन् । हामी लाग्दै गरेको आजको गन्तव्यस्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि...
चिम्सा आँखा भएको त्यो मानिस परबाट हेर्दा भने अलिक कालो वर्णको देखिन्थ्यो । ऊ ठिक्कैको कदको थियो तर उसको भुँडी पुट्ट परेर बाहिर निस्किएको थियो । ठुलो मोहोरा भएको पेन्ट...
काठमाडौँ । पैरवी बुक हाउस प्रालिको आयोजनामा आज यहाँ एक कार्यक्रमकाबिच अध्येता रोशनकुमार झाद्वारा लिखित ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन गरिएको छ । नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको...
काठमाडौँ । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ घोषणा गरिएको छ । शुक्रबार (असोज ३१) काठमाडौँमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । कथा लेखनको सम्बर्द्धन र प्रवर्द्धनमा...
कुरुक्षेत्रमा युद्ध सुरु भइसक्यो अर्जुनले पुनर्जन्म लिएर फर्किएको छ अन्तिम पटक गाण्डिव बोकेर उसको गाण्डिवबाट निस्कने बाणास्त्र कर्णमा होइन भ्रष्ट सभ्यताका हड्डीहरूमा सोझिएका छन् । गाण्डिव अब चेतनामा रुपान्तरण भएको छ अर्जुन दृष्टि बनेर सत्यको खोजीमा...
काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार पारिएको उक्त कृतिको...
जिन्दगीमा थरीथरी वादहरू सुनियो पारि पानी पर्दा वारि छाता ओढियो झन्डा बोकियो इन्क्लाब घन्काइयो जनताको बलिदानी भयो युद्ध जितियो चुनाव भयो पटक पटक भोट हालियो अरू मुर्दावाद आफू जिन्दाबाद भनियो नाइकेहरू पालैपालो सत्तारोहण भए आफन्तवाद फरियावादले ती...
फेरि रात फेरिएर धर्तीमा बिहान झर्यो । चखेवा–चखेवीहरू लोभलाग्दा चिर्बिरमा कौसी, बोटबिरुवा र दलानसम्म नाच्न लागे । उनीहरू निर्भयमा छन्, यति सबेरै त व्याधा पनि आउँदैन । खोला–खहरे शालीन सुसेलीमा...
नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीको पाँचौँ निबन्धसङ्ग्रह ‘अक्षरको मन’ बजारमा आएको छ । यो उनको नवौँ साहित्यकृति हो । यस्तै व्यवस्थापनसम्बन्धी उनका पाँचवटा कृति प्रकाशित छन् । उनै मैनालीलाई यसपालि रातोपाटीको...
१) रच्नु छ फेरि एउटा इतिहास यही धर्तीमा यही देशको माटोमा क्रान्तिमा उदिप्त मुहारहरू देखिन्थे जो सोच्ने गर्थे मानिस मानिसजस्तै भएर बाँच्न पाउनुपर्छ सङ्घर्षमा ज्योतिर्गमय मुहारहरू भर्थे उडान ध्वंस र निर्माणको सजाएर सपना मानव उन्मुक्तिको गरेर निर्माण समानान्तर आकाशको गराउँथे...
अस्मिता विष्टको भर्खरै मात्र पहिलो कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ प्रकाशित भएको छ । प्राध्यापनमा संलग्न विष्ट मूलतः कविता र समालोचनामा कलम चलाउँदै आएकी छन् । विष्टलाई यसपटक हामीले रातोपाटीको नियमित स्तम्भ...
सन् १९०३मा तिम्रो न्वारान गर्दै गर्दा तिमीलाई जन्म दिनेहरूले रत्तीभर गमेका थिएनन् १२२ वर्षको इतिहासमा एकपल्ट हैन दुई पल्ट हैन पटक पटक कहिले प्रकृति कहिले मानव र कहिले मानवरूपी दानवहरूले...
उहिले दुई तिहाइको सरकार थियो भाषण, उखान र घमन्ड सबै थियो मन्त्रीका लावालस्कर बढी नै थियो बाढी, भूकम्प गयो सर्कार नि आयो मन्त्रीको हेलीहरु आयो धुलो उडायो जनताले राहत भन्दा बढी आहत पायो अहिले सानो आकारको...