१२ बजे १२ समाचार: सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एमाले महाधिवेशन उद्घाटन
सारांश
- एमालेको ११औँ महाधिवेशन भक्तपुरमा उद्घाटन भयो, जसमा विभिन्न पार्टीका नेताहरू सहभागी थिए।
- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न भयो, जसमा विभिन्न कम्युनिस्ट घटकहरूको एकता प्रदर्शन गरियो।
- नेपालले भारतसँग क्रस बोर्डर पाइप लाइनमार्फत खाना पकाउने ग्यास र हवाई इन्धन डिपो स्थानान्तरणको लागि सहयोग प्रस्ताव गर्यो।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. एमाले महाधिवेशन उद्घाटन
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोर्ट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका थिए ।
२. वीरेन्द्रनगरमा नेकपाको ‘एकता सन्देश सभा’
नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट घटकहरूबिचको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न गरेको छ । उक्त सभामा नेता, कार्यकर्ता र जनमासको उपस्थिती बाक्लै र उत्साहजनक थियो ।
३. आजदेखि शुक्र अस्तः
२०८२ मङ्सिर २७ गते (सन् २०२५ डिसेम्बर १३ तारिख) बिहीबार अर्थात आज दिउसो १२ बजेर ५५ मिनेटबाट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछन् । आजबाट अस्त हुने शुक्र ग्रह माघ १५ गते (२०२६ जनवरी २९ तारिख) बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुनेछन् ।
४. शनिबार विशेष
५. भारतसँग सहयोगको प्रस्ताव
नेपालले भारतसँग क्रस बोर्डर पाइप लाइनमार्फत खाना पकाउने ग्यास ९एलपीजी० आपूर्ति गर्न र काठमाडौँको सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरण गर्न सहयोगको प्रस्ताव गरेको छ।
६. सुख्खायामसँगै आगलागीका घटना बढ्दै
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
७. कोशी टप्पु: नेपालको पहिलो रामसार क्षेत्र
नेपालमा भएको १० वटा रामसार क्षेत्र मध्य कोशी टापु वन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो । सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलो मिटर रहेको छ ।
८. भारतीय राजदूत अचेत
भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् । शनिबार चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् ।
९. शेखर कोइरालाको दाबी
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।
१०. उपेन्द्रलाई छाडेका तिवारी राजेन्द्रको पार्टीमा प्रवेश
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका विकास तिवारी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
११. लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा ६ विकेटले खेल जितेका हो ।
१२ . मौरी परागसेचन
परागसेचन बिरुवामा हुने प्रजनन प्रक्रिया हो । यसमा फूलको भाले वीज पोथी अङ्गमा पर्न गई सेचन वा मिलन भई बिरुवामा गर्भधारण हुन्छ । बालीनाली उत्पादनका लागि यो प्रक्रिया अपरिहार्य हुन्छ । परागसेचनमा कमी हुँदा बीउ तथा फल नलाग्नुका साथै लागेका गुणस्तरमा कमी आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण