मरी मरी बाँच्छन् कविहरू रोई रोई हाँस्छन् कविहरू नीरव अँध्यारो रातमा पनि मिर्मिरे बिहानी बास्छन् कविहरू समयलाई मुठीभित्र राखेर स्वच्छन्दमा नाच्छन् कविहरू बाँचेको क्षण लोकलाई अर्पेर भविष्यलाई साँच्छन् कविहरू जीवन र जगत्लाई आफ्नै ठानेर जन्म र मृत्युलाई गाँस्छन् कविहरू ।...