आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचारः रास्वपाको समानुपातिक बन्दसूचीमा झमेलादेखि महासंकटमा देउवासम्म

सोमबार, २८ पुस २०८२, ०० : ००
सोमबार, २८ पुस २०८२

सारांश

  • शेरबहादुर देउवा नेपाली कांग्रेसमा महासंकटमा परेका छन् किनभने दुई महामन्त्रीको अगुवाइमा विशेष महाधिवेशन आयोजना भएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा झमेला देखिएको छ किनभने उज्यालो नेपाल पार्टीसँगको एकता तोडिएपछि नाम फिर्ता नलिएसम्म अद्यावधिक नहुने भएको छ।
  • जसपा नेपाल र लोसपा नेपालबीच १२ बुँदे सम्झौतासहित पार्टी एकता भएको छ भने राप्रपाले राष्ट्रिय एकता दिवस मनाएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. महासंकटमा देउवा

नेपाली कांग्रेसका समापति शेरबहादुर देउवा महासंकटमा परेका छन् । दुई महामन्त्रीको अगुवाइमा विशेष महाधिवेशन आयोजना भएसँगै उनी संकटमा परेका हुन् ।

२. रास्वपाको समानुपातिक बन्दसूचीमा झमेला

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूची अध्यावधिक गरिएको छ । उज्यालो नेपाल पार्टीसँगको एकता तोडिएपछि आइतबार रास्वपाले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची अद्यावधिक गरेको हो । उज्यालो नेपाल पार्टीका कतिपयको नाम बन्दसूचीमा रहेका कारण पनि झमेला बढेको हो ।

३. उत्साहजनक सहभागिताका साथ कांग्रेसको विशेष महाधिवेशन उद्घाटन

नेपाली कांग्रेसको विशेष महाधिवेशन उत्साहजनक सहभागिताका साथ आइतबार उद्घाटन भएको छ । संस्थापन पक्षको बेवास्ताका बाबजुद विशेष महाधिवेशन आयोजना भएको हो । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान सुरु हुने जनाइएको छ ।

४. कांग्रेसको विशेष महाधिवेशनमा कसले के भने ?

नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न नेताले सम्बोधन गर्दै नीति तथा नेतृत्व बदल्ने उद्घोष गरेका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका अतिरिक्त विभिन्न नेताले विशेष महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।

५. १२ बुँदे सम्झौतासहित जसपा नेपाल र लोसपा नेपालबिच एकता 

जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकता भएको छ । यसअघि नै पार्टी एकताको घोषणा गरिसकेका दुवै पार्टीका शीर्ष नेताले आइतबार १२ बुँदे सम्झौता गर्दै पार्टी एकतालाई कार्यान्वयनमा ल्याएका हुन् ।

६. राप्रपाले मनायो राष्ट्रिय एकता दिवस

राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाएको छ । राप्रपाले सो अवसरमा चियापान कार्यक्रम आयोजना गरेको थियो । 

७. एमालेले मधेसबाट केन्द्रमा पठायो सम्भावित उम्मेदवारको सूची

नेकपा एमालेको मधेस प्रदेश कमिटीले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारीका लागि सम्भावित नामहरूसहितको सूची केन्द्रमा पठाएको छ । 

८. कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीका १२ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ रास्वपाले सम्भावित उम्मेदवारको सूची तयार पारेको हो ।

९. गायक प्रशान्त तामाङको निधन

नेपाली भाषी लोकप्रिय भारतीय गायक प्रशान्त तामाङको आइतबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।

१०. सुदूरपश्चिममा नेकपाले क–कसलाई बनाउँदैछ उम्मेदवार ?

नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमबाट उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । बाजुराबाहेक सबै क्षेत्रबाट दुई वा सोभन्दा बढी नाम सिफारिस गरी पठाइएको छ ।

११. प्रेरणा

 सन् २०१० मा अफगानिस्तानको युद्धभूमिमा भएको एक विस्फोटमा रोल्पाका युवा गोर्खा सैनिक हरि बुढा मगरले आफ्ना दुवै खुट्टा मात्र गुमाएनन्, उनको भविष्यको सपना पनि धरापमा पर्‍यो । त्यो क्षणपछि उनले मात्र नभई धेरैले उनको भविष्य समाप्त भयो होला भन्ने ठानेका थिए । ह्विलचेयरमा सीमित हुने अनुमान, अस्पतालका दिनहरू, पुनःस्थापनाको कठिन यात्रा सबै कुरा एउटा कथाको दुःखद अन्त्यजस्तै लाग्थ्यो, तर त्यो अन्त्य नभएर नयाँ अध्यायको थालनी रहेछ भन्ने साबित भयो ।

सन् २०१० मा अफगानिस्तानको युद्धभूमिमा भएको एक विस्फोटमा रोल्पाका युवा गोर्खा सैनिक हरि बुढा मगरले आफ्ना दुवै खुट्टा मात्र गुमाएनन्, उनको भविष्यको सपना पनि धरापमा पर्‍यो । त्यो क्षणपछि उनले मात्र नभई धेरैले उनको भविष्य समाप्त भयो होला भन्ने ठानेका थिए । ह्विलचेयरमा सीमित हुने अनुमान, अस्पतालका दिनहरू, पुनःस्थापनाको कठिन यात्रा सबै कुरा एउटा कथाको दुःखद अन्त्यजस्तै लाग्थ्यो, तर त्यो अन्त्य नभएर नयाँ अध्यायको थालनी रहेछ भन्ने साबित भयो ।

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप