निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो । सरकारले निर्माण गरेका कानुन, नीति, योजना तथा कार्यक्रमको कार्यान्वयनको जिम्मेवारी प्रथमतः निजामती सेवालाई हुन्छ । कानुनको परिपालना गर्नु/गराउनु, सरकारको प्रतिनिधिका रूपमा सरकारी सेवा–सुविधालाई नागरिकसमक्ष पुर्याउनु, नागरिकलाई राज्यको अनुभूति...