शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा, एसएसपीको रिक्त ७ सिटमा १७ प्रतिस्पर्धी

सोमबार, १५ मङ्सिर २०८२, ०० : ००
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा विभिन्न स्थानमा विवाद देखिएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता भएको छ।
  • निर्वाचन आयोगले आगामी निर्वाचनका लागि देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको छ।

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा भएको छ । कतै निर्वाचन प्रक्रियामा प्रश्न उठाइएको छ भने कतै सर्वसम्मतको नाममा आफू पक्षीयलाई मात्र चुनिएको भन्दै कतिपयले आपत्ति जनाएका छन् ।

२. एसएसपीको रिक्त ७ सिटमा १७ प्रतिस्पर्धी

नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी)को रिक्त ७ सिटमा १७ जना प्रतिस्पर्धी देखिएका छन् ।

३. रास्वपा र विवेकशील साझाबिच एकता

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिच आइतबार एकता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम, चुनाव चिह्न र झण्डा कायम रहने गरी दुई पार्टीबिच एकता भएको हो ।

४. चार वर्षमा ओलीको ‘यूटर्न’

चितवनको सौराहामा चार वर्षअघि एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतन्त्र कमजोर भएको र प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै चर्को आलोचना भएको थियो । कारण थियो– एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास । ११औँ महाधिवेशनको मुखमा आइपुग्दा ओली त्यो अडानबाट ‘यूटर्न’ हुने भएका छन् । ११औँ महाधिवेशनमार्फत ओली तेस्रो कार्यकाल एमाले हाँक्ने प्रयासमा देखिन्छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदमा ओलीलाई टक्कर दिने तयारीमा जुटेका छन् । ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न मन लागेकाहरूलाई प्रतिस्पर्धा गर्न खुला रहेको प्रस्ट पारेका छन् ।

५. पुसमा नियमित महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षले राख्यो सर्त

नेपाली कांग्रेसको संस्थापन पक्षले पुसमा नियमित महाधिवेशन गर्नका लागि विशेष महाधिवेशन मागसहित बुझाइएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सारेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवासमक्ष यस्तो सर्त राखेका हुन् ।

६. गैरआवासीय नेपाली संघमा एकता

गैरआवासीय नेपाली संघमा विभिन्न समूहबिचको विवाद सल्टाउँदै आइतबार एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता घोषणा गरिएको हो ।

७. देशभर थपिए १६८ वटा मतदानस्थल

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरवलोकन गरेको छ । आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

८. मधेसमा फेरि आवसमै प्रतिस्पर्धाको तयारीमा उपेन्द्र र सीके 

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा ‘हेभीवेट’ उम्मेदवारका रूपमा आपसमा प्रतिस्पर्धा गरेका उपेन्द्र यादव र सीके राउत आसन्न निर्वाचनमा पनि एकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने सम्भावना बढेको छ ।

 ९. नेपाली कम्युनिस्ट पार्टीले पोखरामा गर्यो एकता सभा

नेपाली कम्युनिस्ट पार्टीले आइतबार पोखरामा प्रदेशव्यापी एकता सभा आयोजना गरेको छ । सभालाई पार्टीका विभिन्न शीर्ष नेताले सम्बोधन गरेका थिए ।

१०. डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ । आज मध्यरातदेखि लागु हुने नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको छ । 

११. एनपीएल

१२. सरकार फेरिएपछि घट्यो  सुपारी आयात

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आयात कोटा हटाएपछि चालू आर्थिक वर्षको सुरुवाती महिनामा उच्च दरमा नेपालमा आयात भएको सुपारी जेनजी आन्दोलनपछि घटेको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको चार महिनामा ६१ करोडको सुपारी भित्रिए पनि सुशीला कार्कीको नेतृत्वमा  अन्तरिम सरकार बनेसँगै  आयातको ग्राफ ओरालो लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप